रिचा बुलुनको म्हेन्दोमाया गीत को भिडियो सार्वजनिक

गायिका रिचा ब्लोनको नयाँ म्हेन्दोमाया गीत गोम्बो गाङ को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो रसुवाको आमाछोदिङ्मो ( पार्वती कुण्ड) र धादिङ जिल्लाको पर्यटकिय स्थल रुबी भ्यालीको पाङ्साङ वरिपरि छायाँकन गरिएको हो ।

रोशन फ्युवाको निर्देशन, प्रकाश तामाङको छायाँकन र सरिस्मा तामाङको नृत्य निर्देशनमा गायिका ब्लोनकै अभिनय रहेकोछ । लामो समय देखि दक्षिण कोरिया लाई कर्मथलो बनाईरहेकी गायिका बुलुनले छुट्टिको समयलाई सदुपयोग गर्दै म्हेन्दोमाया गीत दर्शकमाझ पस्किएकी हुन् ।

सुरिलो स्वरकी धनी बुलुनको यो पहिलो म्हेन्दोमाया गीत हो । रोशन फ्युवाको शब्द संगीत, बरिष्ठ संगीतकार शिलाबहादुर मोक्तानको संगीत संयोजन र वाङ्च्यु फ्युबाले मिक्सिङ गरेको गोम्बो गाङ गीतलाई सबैले रुचाएका छन् ।

भिडियो सार्वजनिक भए पछि सकरात्मक प्रतिकृया पाईरहेको गायिका बताउछिन ।