रोशनी गोले तामाङ, भक्तपुर

तामाङ मौलिक खान्दोके सेलो माया ताके लानी तेन दिनी ह्राङ्बा बोलको गीत सार्बजनिक भएको छ । भदौ १८ शनिबारको दिन जम्बु डाँडा स्थित त्रिदेब फेमेली रेष्टुरेन्ट एण्ड सेकुवा कर्नरमा मिलन योन्जनको सभाध्यक्षा, जुगल गाँउपालिका अध्यक्ष रेशम स्याङ्बोको प्रमुख आतिथ्यतामा, दिपेश प्रधान, प्रताप लामा,, देशमाया लामाको बिशेष आतिथ्यता र अश्मान लोप्चान, जेबि जिम्बा लगायतको ब्याक्तिव्तहरुको आतिथ्यतामा उक्त गीतको बिमोचन भएको हो ।

 

मन्तब्यको क्रममा प्रमुख अतिथि श्याङ्बोले सिन्धुपाल्चोक जिल्लाको बिभिन्न स्थानहरुमा रहेको यो टिपिकल खान्दोके भाकालाई नेपालको बिभिन्न स्थानमा बसोबास गर्ने तामाङहरु सम्म पुर्याेउन सकोस र आफु पहिले देखि नै पहिचानको मुद्धाहरुलाई लिएर बिभिन्न आन्दोलनहरुमा हिडेको जानकारी दिदै यस्तो टिपिकल मौलिक सेलोको लागि आफुले के कसरी हुन्छ सहयोग गर्न तयार रहेको बताउनु भएको छ ।

उक्त भिडियोको शब्दकार हिराकाजी लामा, संगित मिलन योञ्जन, स्वार मिलन योञ्जन र पुजा तामाङ, एरेञ्ज जोगलाल लामा, मिक्सिङ दिपेश प्रधानको रहेको छ ।


त्रिलोक लामाको निर्देशनमा रहेको उक्त भिडियोमा मिलन योञ्जन, जमुना गोले, गोइकार लामा, कर्ण गोले, लिला ब. तामाङ, र पाल्साङ बम्जनको अभिनय रहेको छ ।
भर्खरै जिग्मे मिडिया युटुब च्यानल बाट सार्बजानिक भएको यस गीतमा घाम र जुनको जस्तो होस् मायालाई समेटिएको देखिन्छ ।