रोशनी गोले तामाङ, भक्तपुर

रोशन फ्युबा तामाङको निर्देशन र कथाकार ऋतुराज पाख्रिनको कथालेखन रहेको तामाङ चलचित्र “काख्रे” –गंगटो ) भक्तपुरको सुर्यबिनयाक स्थित बाराही हलमा असोज १ गते प्रदर्शन हुने भएको छ । ल्हाप्साङ कर्पाे म्युजिक सेन्टरको ब्यानरमा निर्माण गरेको चलचित्र रोशन फ्युबा तामाङले निर्दशन तथा सम्पादन गरेको छ । प्रबल थिङ निर्माता रहेको उक्त चलचित्रको कथा भने कथाकार ऋतुराज पाख्रिनको रहेको छ ।

चलचित्रमा गाँउबाट सहर पसेका तामाङ युवाहरुको कथामा आधारिथ रहेको छ । देशका विभिन्न जिल्लाबाट काठमाडौ छिरेका युवाहरुको जीवनयापन र संघर्षलाई यस चलचित्रमा देखाउन खोजिएको छ । समयको माग अनुसार नयाँपन ल्याउने खालको चलचित्र निर्माण गरेको र समसामयिक बिषय बस्तुलाई उठानगरेको निर्माता प्रबल थिङले बताउनु भएको छ । ल्हाप्साङकार्पो, श्ह्याल्गार, हिमालकी रानी, सेम्की ताम, श्होङ आदि चलचित्रलाई निर्देशन गरेका निर्देशक रोशन फ्युबाको निर्देशनमा बनेको यस चलचित्र काठमाण्डौंको बिभिन्न स्थानहरुमा छायांकन गरिएको छ । यस चलचित्रमा तामाङ चर्चित कलाकारहरु सुनिता लुङ्बा, र ऋतुराज पाख्रिन, कुईसाङ रुम्बा, प्रबल थिङ, सिङ्ग ब. तामाङ, सपना वाईबा, प्रभा घिसिङ, किरण गोर्खे, रेशम श्याउली लगायत कलाकारहरुको अभिनय रहेको छ । प्रकाश वाईबा तामाङले छायांकन गरेको उक्त चलचित्रमा द्धन्द निर्देशक राजु किरातको रहेको छ ।

काख्रे असार १८ गते राष्ट्रिय नाजघार काठमाडौंमा च्यारिटी शो भएको थियो तर उक्त शोको दिन निर्माण पक्षको अनुसार केही प्राबिधिक समस्यका कारण केही क्रुती हुन पुगेको सम्पुर्ण भगवानरुपी दर्शकहरु समक्ष आम माफी माग्दै अब यस्तो समस्य दोहोरीन नदिने साथै चलचित्र गत साउन १३ गते कतारमा प्रदर्शन भैसकेको र दर्शक बाट राम्रो प्रतिक्रिय पाएको निर्माण पक्षको भनाई छ ।
उक्त चलचित्र कतारमा प्रर्दन भैसके लगतै मलेसिया पनि यहि सेप्टेम्बर ११ भदौ २६ गते प्रदर्शन हुन लागेको र अब नेपालको बिभिन्न स्थानहरुका प्रदर्शको तयारी भैरहेको निर्माण पक्षको भनाइ छ ।