रोशनी गोले तामाङ, भक्तपुर

रसुवा गोसाइँकुण्ड पार्बतीकुण्ड र तामाङ संस्कृती

पूर्णिमाको तिथि हिन्दु धर्मावलम्बीका लागिमात्र नभई बौद्धमार्गी तामाङहरूलाई पनि महत्त्वपूर्ण मानिन्छ । हरेक वर्ष यही पूर्णिमा (गोनेङ्ह्या) का दिन तामाङहरूमाझ ‘छो कार’ (सेतो ताल) को नामले परिचित रसुवाको गोसाइँकुण्डमा तामाङहरू ‘छो कार छोपा’ गर्छन्, जसको नेपालीमा अर्थ हुन्छ सेतो तालमा गरिने पूजा। उक्त दिन स्थानिय तामाङ युवायुवती बच्चा देखि वृद्ध बृद्दासम्म स्थानिय तामाङ युवाहरु मौलिक तामाङ पोसाक छ्युगु, स्यादे, शुक्रे, स्योल्दो, आदि र युवतिहरु आङ्दुङ, पाङ्गा, स्यामा स्यादे, किङकप, हन्जु आफ्नो गछ्य अनुसार सुनचादिका गरगहनाले सजिएर हर्सोउल्लासका साथ गाउँ/गाउँ बाट बोम्बो सङ्गै से बोम्बो गीत गाउदै स्याब्टु नाच्दै छेबा चोङाको दिन गोसाइँकुण्ड पार्बतिकुण्ड जाने चलन स्थानिय रसुवा लाङटाङ आसपासका तामाङ समुदाय माझ सदियौ देखि आजको दिनमा पनि यथाबत छ। झट्ट हेर्दा लाग्छ त्यस दिन रसुवाको तामाङहरुको बर्षभरिको सबैभन्दा ठूलो उत्सब चलिराखेको जस्तो लाग्छ। तसर्थ गोसाइँकुण्ड पार्बतिकुण्ड आदिमा जनैपूर्निमाका दिन लागिने मेला एउटा धार्मिक रुपमा मात्र नभएर लाङटाङ फेदिमा सदियौ देखि बसोबास रहेको तामाङ समुदायको साङ्स्कृतीक रुपमा सम्पन्न रसुवा आसपासका तामाङहरूको स्थानिय संस्कार संस्कृती, परम्परागत नाचगान र मौलिक तामाङ भेषभुषा र बैद्दिक भोटेली हिमाली तामाङ भाकाका बोन्बो गीतहरु र स्थानिय तामाङ युवायुबतीहरुको रमाइलो जुहारी हेर्ने र सन्सार भर रहेको जो जति केही पृथक तामाङ संस्कार, संस्कृती र मौलिक्तालाइ बुझ्न खोज्ने नजिक बाट नियाल्न खोज्नेहरु हुनुहुन्छ। वहाँ समस्तको लागि रसुवा गोसाइँकुण्ड देखि पार्बतिकुण्ड सम्मको यात्रा र स्थानिय तामाङ संस्कार, सङ्स्कृती, परंरागत नाचगान मौलिक पोषाकलाई नजिक बाट नियाल्ने एउटा अवसर पनि हो।

हाम्रो संस्कृती हाम्रो सान!!
हाम्रो भेषभुषा हाम्रो पहिचान!!
#तामाङ_गोइलो
#तामाङस्या
#parvatikunda_rasuwa_Tamang_festival_2079