रोशनी गोले तामाङ, भक्तपुर

तामाङ पत्रकार संग बागमती प्रदेशले २८ औ तामाङ प्रसारण दिबसको अवसरमा आयोजित अन्तरक्रिया तथा सम्मान कार्यक्रम तामाङ घेदुङ्को सभाहल चुच्चेपाटीमा सप्पन्न भएको छ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि पाण्डेले शिक्षा र सीपबिना कुनै पनि क्षेत्र उभो नलाग्ने बताएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले शिक्षा र सीप विकासमा जोड दिनुपर्ने बताएका हुन । आत्मनिर्भर देश नबनाएसम्म विदेशीले हेप्ने समेत बताए ।
“अबको युग शिक्षा र सीपको युग हो, सीप र शिक्षा नभएसम्म मुलुक उभो लाग्दैन । ” उनले भने । मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशमा तामाङ र नेवारी भाषालाई सरकारी कामकाजको भाषा बनाउनका लागि प्रदेश सरकारले निर्णय गर्ने समेत बताए । कार्यक्रमको अवसरमा विभिन्न व्यक्तित्वहरु तामाङ पत्रकार संघ बागमती प्रदेशका सदस्य एबम जनानिर्बाचित सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका उपाध्यक्ष सरु लामा, नेत्रवति गाउँपालिका उपाध्यक्ष सीता छ्योदेन, नेत्र तामाङ, हिरामान तामाङ लगायत लाई सम्मान गरिएको थियो ।