रोशनी गोले तामाङ, भक्तपुर
२०७९ श्रावण २४

तामाङ सँस्कृतिमा आधारित म्हेन्दोमाया गीत चाइना जुत्ता गीतले गायिका तर्फ जम्बुलिङ इन्टरनेशनल अवार्ड २०२२ प्राप्त गरेको छ ।

रोशन फ्युबा तामाङको शब्द संगित रहेको उक्त गीतमा अवाज मेल तर्फ रोशन फ्युबा र फिमेल तर्फ गायिका लक्ष्मी डिमडुङ रहेको छ । गयिका तर्फबाट चाइना जुत्ता गीतले जम्बुलिङ इन्टरनेशनल अवार्ड जित्न सफल भएको हो । मलेसियाको केएलस्थित एनआरएन भवनमा भएको कार्यक्रममा अवार्ड प्रदान गरिएको हो ।
कार्यक्रममा ३० वटा विद्यामा अवार्ड प्रदान गरिएको जम्बुलिङ फिल्मस् प्रा।लि। का प्रवन्ध निर्देशक राजकिङ वाईवाले जानकारी दिए । राजसिंह वाईवाको अध्यक्षतामा भएको कार्यक्रममा जीएफएनका संस्थापक एवं जसपाका केन्द्रीय सदस्य डा। भिमलाल तामाङको विशेष उपस्थिति थियो ।

कार्यक्रममा एनआरएन मलेसियाका उपाध्यक्ष हेमराज सापकोटा, आदिवासी जनजाती महासंघ मलेसियाका अध्यक्ष विपीन राई, नेपाल तामाङ घेदुङ मलेसियाका उपाध्यक्ष विक्रम वाईवा तामाङ लगायतको विशेष उपस्थिति रहेको थियो
तामाङको पछिल्लो गीत चाईना जुत्ताले नेपाली आर्ट कल्चर एन्ड म्युजिक अवार्ड २०७८ र निम अवार्ड पाएको थियो ।