रोशनी गोले तामाङ, भक्तपुर
रोशन फ्युबा तामाङ द्धारा निर्देशित तामाङ चलचित्र “टु” (पसिना ) कतारको दोहामा प्रदर्शन हुने भएको छ । ल्हाप्साङ कर्पाे म्युजिक सेन्टरको ब्यानरमा निर्माण गरेको चलचित्र रोशन फ्युबा तामाङले निर्दशन तथा सम्पादन गरेको छ ।
पश्चिमेली तामाङ समुदायको परम्परागत पेशा तथा संस्कार संस्कृतीमा आधारित यस चलचित्रले पुर्खाको पसिनाको कथा बोकेको कुरा कथाकार सिंग ब. तामाङले जानकारी दिनुभयो । ल्हाप्साङकार्पो, श्ह्याल्गार, हिमालकी रानी, सेम्की ताम, श्हेङ आदि चलचित्रलाई निर्देशन गरेका निर्देशक रोशन फ्युबाको निर्देशनमा बनेको यस चलचित्र नुवाकोट, रसुवा, धादिङ र काठमाण्डौंको बिभिन्न स्थानहरुमा छायांकन गरिएको छ । यस चलचित्रमा तामाङ चर्चित कलाकारहरु रुपा एस घले, मर्नेन वाईबा, जोङ्बा कान्छा, सिङ्ग ब. तामाङ, प्रकाश वाईबा, सोनाम लामा, युजिला मोक्तान, बिगेन्द्र वाईबा, डोल्मा मनाङथेन, फुर्बा लामा, शिशिर थोकर आदि कलाकारहरुको अभिनय रहेको छ ।
संगम सेवा समाज दोहा कतारद्धारा यहीँ आउदो १९ अगष्ट २०२२ का दिन संस्थाको तेस्रो अधिबेशनको अबसरमा तामाङ चलचित्र “टु” प्रदर्शन गर्न लागेको हो । तामाङ चलचित्र कतारमा प्रदर्शन हुने यो पहिलो पटक भने होइन बिगतमा सेर्कु, काला दाग र गत जुलाई २९ तारीखको दिन मात्र रोशन फ्युबा तामाङ द्धारा निर्देशित तामाङ चलचित्र काख्रे कतारमा प्रदर्शन भैसकेको छ । यसबर्षको कतारमा प्रदर्शन हुने चलचित्र यो पटक भने लामो समय देखि कोरोनाको कहरले तामाङ चलचित्र हेर्न नपाएको दर्शकहरुको प्यास मज्जाले काख्रेले मेटाइसकेको र “टु” चलचित्रले पनि प्यास मेटाउनेमा बिश्वास रहेको कतारका आयोजक संगम सेवा समाज दोहा कतार का सदस्यहरुले जानकारी गराउनु भएको छ ।
कतारमा कर्म थलो बनाइ रहनु भएको सम्पुर्ण तामाङ चलचित्र प्रेमी दर्शकहरुलाइ यही अगष्ट १९ संगम सेवा समाज दोहा कतार सेन्चुरी रेष्टुरेन्ट प्लाजा दोहा, सनैयामा उपस्थित भएर तामाङ कथानक चलचित्र “टु” लाई माया र हौसाला प्रदान गरि दिनु हुन चलचित्र टोलि आयोजकको अनुरोध पनि रहेको छ ।

 

 

 

निमन्त्रणा ! निमन्त्रणा !! निमन्त्रणा !!!
संगम सेवा समाज दोहा कतारद्वारा यहीं आउदै १९ अगष्ट २०२२ का दिन सस्थाको तेस्रो अधिबेशनको साथमा तामाङ चलचित्र टु (पसिना ) को विशेष प्रदर्शनी हुन गाईरहेको जानकारी गराउदै दोहा कतारमा रहनु भएका सम्पुर्ण आमाबुबा ,दाजुभाइ दिदिबहिनीहरु तपशिल समय मिति र स्थान उपस्थित हुनु भई तामाङ चलचित्रको मनोरन्जनको साथै तेस्रो अधिबेशनलाई सभ्य र भब्य तवरले सम्पन्न गर्नको लागि उपस्थित हुन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दैछौं ।
तपशिलः–
समय ः– १०ः०० बजे ( कतारी समय)
मिति ः– १९ अगष्ट २०२२ (शुक्रबार )
स्थान ः– सेन्चुरी रेष्टुरेन्ट प्लाजा ( सनैया)
सहजीकरणको लागि सम्पर्क ः–
वाङज्यु लामा ः ७७२९४८७
हिरे तामाङ ः ५५९८५७८५
डा घलेः ७०३३८५०४
पुर्णमान तामाङ ः ७०१२८८८४
गणेश ब्लेन्थेन ः ७७७६५४८३
कान्छामान तामाङ ः ७०३३६८२१
सन्त बहादुर तामाङ ः ७७३४३३८६
आयोजक
संगम सेवा समाज, दोहा कतार परिवार।