हिमाली गाउँको आश्याङ्को छोरी  सार्बजनिक ।

रोशनी गोले /काठमाण्डौ
तामाङ सेलो हिमाली गाउँको आश्याङ्को छोरी गित सार्बजनिक भएको छ । साउन १४ गते जोरपाटी स्थित म.म. प्लाजामा सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो को प्रमुख आतिथ्यमा सम्पन्न पत्रकार सम्मेलबाट गीत सार्वजनिक गरेको हो । तामाङ कलाकार संगका महासचिव, गायक, निर्देश रोशन फ्युबा तामाङ, दिपेश प्रधानको विशेष आतिथ्यता र नबाराज रोक्क, मिलन दोङ, फुलकाजी स्याङ्बो, फुलकाजी स्याङ्बो वान पिस, जोगलाल तामाङ लगायतका अतिथि रहेका थिए ।

मन्तब्यको क्रममा प्रमुख अतिथि श्याङ्बोले जुगल गाउँपालिकाको कला संस्कृति संरक्षण तथा संबद्र्धनको लागि गाउँपालिकाले योजना बनाईसकेको बताउनुभयो । बिशेष अतिथि रोशन फ्युवाले जुगल गाउँपालिका भित्र रहेको मौलिक तथा परम्परमगत गीतहरुलाई पनि बजार सम्म ल्याउन सुझाए ।

उक्त म्युजिक भिडियोलाई समिर स्याङ्बोले निर्देशन गरेको छ भने शब्द सन्जिब तामाङको  रहेको छ ।
प्रेमलाल दोङ र सृजना स्याङ्तानको स्वारमा रहेको यस गीतमा टिकटक स्टार पेम्बा लामा (च्याङ्बा), शुसिला घ्लान, आवेश तामाङ, सोनु थोकरको अभिनय रहेको छ।
संगीत एरेन्ज जोगलाल तामाङ, मिक्सिङ दिपेश प्रधान, कोरियोग्रफर नबराज रोक्क, क्यामेरा बिरेन तितुङको रहेको छ।
गितमा जुगल गाउँपालिका वडा नम्बर २ गोल्चेको मथिल्लो भेगको परिवेशलाई समेटेको छ।

MUSIC VIDEO