लेखनः जीवन योञ्जन तामाङ, सम्पादनः अजितमान तामाङ

सिङ्ल्हा वर्णन
ल्हाप्साङकार्पो, गणेश पविल, ल्हरी आदि हिमालहरूको काखमा अवस्थित सिङ्ल्हा क्षेत्र जैविक विविधता युक्त प्राकृतिक मनोरम, बौद्ध धार्मिक क्षेत्र र बोनधर्म (प्रकृति पूजक)को धार्मिक आस्था सहितको प्राचीन संगम स्थल हो

बैद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा बिकास समिति, नेपाल सरकार बाट बौद्ध धर्म र दर्शनको सबकास र बिस्तार गर्नको लागि स्थापित एउटा आधिकारिक निकाय हो । तसर्थ यस समितिले बौद्ध धर्म र दर्शन संग जोडिएका बिभिन्न पाटोहरुको संरक्षण र संबद्र्धन गर्दै आईरका छौ । यस अन्तर्गत हामीले बौद्ध धर्म र दर्शनको बिकास र बिस्तार गर्नको निमित्त बिभिन्न बौद्ध धर्म संग जोडिएका पवित्र धार्मिक स्थलहरुको खोज अनुसन्धान गरिरहेका छौ । त्यस मध्ये गत साल हामीले आठौ सताब्दीका बौद्ध धर्मावालम्बीहरुको महान गुरु गुरु पद्मसंभव संग जोडियो र गासिएको सुदुर पुर्वको खेम्पालुङ क्षेत्रको बृत्तचित्र बनाएका थियौ भने यस पटक पनि हामीले वहा नै गुरु पद्मसंभव संग जोडिएको र गासिएको क्षेत्र धार्मिक क्षेत्र, धार्मिक पवित्रस्थल, नुवाबोट रसुवा र धादिङ को संगम स्थल सिङ्ल्हाको बारे बृत्तचित्र निर्माण गरेका छौ । हामीले यसरी बृत्रचित्र निर्माण गर्नुको हाम्रो प्रमुख उद्देश्य भनेको बौद्ध धर्म र दर्शनको बिकासको सथै पर्यटकिय धार्मिक गन्तब्य स्थलको बिकास र बिस्तार गर्नु हो । धार्मिक पर्यटकिय गन्तब्य स्थलको बिकास गर्नु को प्रमुख उद्देश्य भनेको देशमा धर्मिक पर्यटकहरु भित्रयाउनु हो । -हेम बहादुर दोङ ( कार्यकारी निर्देशक, बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा बिकास समिति)


सिङ्ल्हा, तामाङ साँस्कृतिक, ऐतिहासिक र पुरातात्वतिक महत्वको थलोका साथै नेपालको मध्य पहाडी हिमालय क्षेत्रकै सुन्दर दुर्लभ पर्यटकीय गन्तव्यहरू मध्य एक मानिन्छ ।

त्यो बेला, गुरु पद्मासंभवको बेला त्यो क्षेत्रमा ठुलो शक्तिशाली बस्ती थियो । बाटो छिचोल्न पनि गाह्रो । एक देश र अको देशबिचको नाका बनदी गर्नै जस्तो सम्बन्ध पनि जोडिएको हुनाले ति सबै बर्णणहरुमा सिङल्हा, सिङगला, भनेर जोडिएको देखिन्छ । हाम्रो तामाङ भाषमा ल्हा भनेको लेक हुन्छ, ल्हा भनेको देवता पनि हुन्छ । आर्को चाही हामीले सुरु देखि नै भन्दै आएको, त्यो क्षेत्रमा हामीले मान्दै आएको, सिङ्ल्हा भनेर सबै जनाले, बोन्पोहरुले, लामाहरुले र स्थानिय रुपमा स्थानीय गीतहरुमा पनि स्थानीय लोकभाकाका गीतहरुमा पनि सिङल्हाको कुरा आउछ । सिङ्ल्हा, सिङ्ला सधै भनिराखेको, तर गुरु पद्मसंभवको यात्रा बृतान्त संग, जीवनी संग र यस्को ऐतिहासिक्ता संग जोडिएको कुराहरु त्यो बेलामा उजागर हुन नसकेले र त्यो कुरा थाहा नभएको हो । बास्तावमा तामाङ भाषमा सिङ्ल्हा। शस्त्रीय भाषमा सिङ्गल्हा भनेर लेखिएको पाईन्छ, ग को उचारण हुदैन, सिङ( पवित्र) र ल्हा(स्थान, देवता) बिलेर सिङ्ल्हा भएको हो । यो तामाङ भाषमा हो । टिबेटो बर्मन, प्रायजासो हिमाली भाषाहरुमा तामाङ भाषमा सिङ्ल्हाको जे अर्थ लाग्छ त्यहीनै अर्थ हुन्छ । – अजितमान तामाङ ( बौद्ध धर्म अध्यता तथा अनुसन्धानकर्ता) 

काठमाण्डौको बालाजु बाइपासबाट गल्छी, त्रिशुली, देवीघाट, बट्टार, सोलेबजार, सातदोबाटो, किस्पाङको काहुले भाल्चे हुँदै ११० किलोमिटर मोटरबाटो तय गरेपछि रसुवा र नुवाकोटको सिमानामा पर्ने गोङगा भञ्ज्याङ पुग्न सकिन्छ । गोङगाबाट करिव साढे तीन घण्टाको जंगल भित्रको जैविक पैदलयात्रा पछि धादिङ, नुवाकोट र रसुवाका तामाङहरूको भेँडा च्याङ्ग्रा तथा चौंरी गोठहरू रहेको प्राकृतिक सुन्दरताले भरिएको रुपचेत पुगिन्छ । त्यहाँबाट सिङ्ल्हा माने रहेको टाकुरोमा पुग्न करिव डेढघण्टाको उकालो हिँड्नु पर्दछ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण, रुवीभ्याली, उत्तरगया, खनियाबास र किस्पाङ गाँऊपालिकाको शिरको रुपमा, धादिङ जिल्लाको खनियाबास गाँऊपालिका वडा नं २ मा अवस्थित, समून्द्र सतहबाट ४०४० मिटर उचाइमा रहेको सिङ्ल्हाबाट गणेश, पेल्दोर, लाङटाङ, जुगल, चोबा, मनास्लु जस्ता दर्जनौँ मनमोहक हिमश्रृखलाहरु देख्न सकिन्छ । यात्राको क्रममा यार्चागुम्बा, निर्मसी, पाँचऔले, लगायतको दुर्लभ जडीबुटीका साथै पोइमो स्युक्पा (म्हे बार्लु), स्युक्पा, (बार्लु) लगायतका धूपी, ढकमक्क फुल्ने थरीथरीका लालिगुँरास, सिङलातिरै झुकिरहेका अनेकन जङ्गली फूल, रुख, विरुवा, वरपरका अजंगका रहस्यमय चट्टानी डाँडाहरु र क्षितिजसम्म फैलिएका असंख्या डाँडाकाँडाको अनूपम दृश्यहरुले जो कोहीलाई मन्त्रमुग्ध बनाउँछ । सिङ्ल्हा प्राचीन राजकीय पदमार्गको केन्द्र पनि हो । सिङ्ल्हा क्षेत्रलाई प्राचीन बौद्ध धार्मिक केन्द्रको रूपमा वर्णन गरिएका थुप्रै वृतान्तहरू पाइन्छन् ।

भौगोलिक रुपले , प्राकृतिक रुपले ज्यादै भव्य लाग्यो । धार्मिक रुपले पनि खास गरी यो सिङल्हा पास हुदै गुरु रिम्पोछे जानुभएको भन्ने धार्मिक बिश्वास रहेछ । धार्मिक बिश्वास र भार्सेलाम्से मा उल्लेख भएको कुरा तालमेल मिलेको हुनाले यो धार्मिक रुपले पनि सिङ्ल्हा महत्वपुर्ण थलोको रुपमा मैले पाए । सांस्कृतिक हिसाबले पनि यो सिङ्ल्हा महत्वपुर्ण थलो हो भन्ने कुरा अझ प्रष्ट भयो ।

भार्छेलामसिल ( यात्रा विवरण)मा उल्लेख भए अनुसार पद्मसम्भवले छ्युमीझ्याङछ्युब (दामनकोऋषिश्वर), याङलेशो (फर्पिङ), ठमेलको थँ बाही (बिक्रमशिला महाविहार) यारिनाक (तेमाल), मारतिका (हलेसी), लोगेकार (लोमन्थाङ) आदि स्थानहरूमा जप, तप, ध्यान गरी धर्मदेशना दिनु भएको थियो ।

तिब्बतमा राजा ठीस्रोङ देवचनले धर्म प्रचार गर्नको लागि खेन्पो खेनचेन बोधिसत्व लाई बोलाउनुभएको रहेछ । खेनचेन बोधिसत्व लाई शान्ता रक्षिता भनिन्छ । वहालाई बोलाएर धर्म प्रचार गराउनुभएको रहेछ । धर्म प्रचार गरिसके पछि, धर्मलाई स्थीरता प्रदान गर्न एउटा गुम्बा बनाउने बिचार गर्नुभएको रहेछ । गुम्बा निर्माणको काम पनि सुरु गर्नुभएछ । दिभरी काम ग¥यो, पर्खाल उठायो, बेलुका फेरि त्यहाको धर्म बिरोधी तत्वहरुले बाधा दिएर पर्खाल भत्काउने, कहिले प्राकृतिक प्रकोपहरु ल्याईदिने गरेर गुम्बा निर्माणमा बाधा पु¥याएरको रहेछ । त्यस पछि शान्ता रक्षिताले राजालाई सुझाव दिनुभएछ । यो धर्म बिरोधी तत्वहरुलाई तह लाउन एक जना गरु हुनुहुन्छ । वहालाई बोलाउनुभयो भने यो गुम्बा निर्माण सम्पन्छ गर्न सकिन्छ भनेर गुरु रिम्पोछेको नाम प्रस्ताव राजालाई गर्नुभएको रहेछ । गुरु रिम्पोछे आउनुभयो भने गुम्बा सम्पन्न हुन्छ र तिबतमा धर्म फैलने छ भनेर भने पछि राजाले वहालाई बोलाउनुभएछ । गुरु रिम्पोछे भारत हुदै तिबत जानुभएको बेला नेपाल हुदै जानुभएको रहेछ । नेपालमा पनि धेरै ठाउँहरुमा ध्यान बस्नुभएको रहेछ । ध्यान बसेर वहाले सिद्ध प्राप्त गर्नुभएको रहेछ । धेरै भगवानहरु हिदम गोल्खा भन्छ, वहाहरुलाई दर्शन प्राप्त गर्नुभएको रहेछ । नुवाकोट रसुवा हुदै केरुङ, तिब्बती भाषमा केटुङ भनिन्छ त्यहा हुदै तिब्बत पाल्नुभयो र तिब्बतमा वहाले धर्म फैलाउनुभयो, धर्म प्रचार गर्नुभयो । त्यहाको धर्म बिरोधीहरुलाई धर्मको मार्गमा ल्याएर वहा फर्किनुभएको रहेछ । फर्किनुहुदा तिब्बती भाषामा डकमर्पो भनिन्छ , अंग्रेजीमा रेड माउण्टेन भन्दोरहेछ त्यही बाटो भएर फर्किनुभएको र सिङ्ल्हा बाट सुर्यको प्रकाशको मार्गभएर सिम्बुई युल प्रस्थान गर्नु भएको रहेछ ।


नेपालबाट तिब्बत जाने क्रममा वागमतीको मुहान वाग्द्वार, चङखा ल्हा (कविलासको लेक), देवीघाट, फिकुह्री ढाल्हा देशबाट सिङला देश हुँदै केरोङ, माङयुल गुङथाङ हुँदै तिब्बत पुगेको भार्छेलामसिलमा उल्लेख छ ।

गुरु पद्मसंभव डाल्हा भएर जानुभयो भन्छ । डाल्हा भनेको अहिलेको फ्युकुरी, किस्पाङ गाउँपालिका नुवाकोट अनतर्गत पर्दछ । माथी डाडामा सानो फुटबल ग्राउण्ड जत्रो चउर छ । त्यहा दोमङ भनेर बुद्धको वचन शुत्रहरु शिला भएर भएर बसेको छ । त्यहा बाट वहा प्राचिन रुट हुदै रुप्चेत, सिङ्ल्हा, मचेत, पाङसाङ, स्योम्दाङ, खुर्पु गङ बाट तेर्सो साङजेन हिमाल पुग्नुभयो र साङ्जेन बाट केरुङ छिर्ने बिचमा मालागढी भन्ने छ त्यो गढी भनेको अहिलेको सिमाना रसुवा गढी । राजाहरु ठुलो राजकिय ब्यक्तित्वहरु हिड्ने बाटो माला गढी भएर जान्थ्यो । सर्वसाधरण र अरु भ्रमाणमा जानेहरु टिमुरे हुदै केरुङ जान्छन् तर राजा रजौटाहरु अति बिशिष्ट ब्यक्तित्वहरु मैले बताएको बाटो हुदै केरुङ छिर्ने र केरुङमा पनि रिसेङ गुम्बा छ, एउटा स्थान छ पद्मसंभवको । त्यस पछि बल्ल वहाहरु अहिलेको डकर तासो भन्छ मिलारेपाले साधना गरेको एउँटा सेतो भिर छ हामी चाही ब्राकर भन्छौ अथवा डकरतासो भन्छौ अथवा ब्राका भनेर मनाङमा पनि छ यसैको रुप हो त्यो । डकरतासोबाट करिव १०० किलोमिटर माथी जोङखा हुदै गुरु पद्मसंभव तिब्बतमा पुगेको भार्सेलम्सेल भनेर पद्मसंभवको यात्रा बृतान्तमा पनि छ ।्- अजितमान तामाङ ( बौद्ध धर्म अध्यता तथा अनुसन्धानकर्ता) 


जाने क्रममा फ्युकुरी हुदै सिङ्ल्हा भएर केरुङ जानुभएको भन्ने भनाई पनि छ । गुरुरिम्पोछे फर्किने बेलामा वहा जव ताम्रदिपमा जानेबेला भयो त्यतिखेर सिङ्ल्हामा जानुभएको र सिङ्ल्हा बाछ छुट्टिनुभएको भन्ने जनविश्वस रहि आएको छ ।

तदनुरूप युद्धका देव (डाल्ह) सँगको मित्रताको वाचा बन्धन, (देवीघाट) मा सम्पन्न भयो । सिङल्हाका २१ अभिमानी धर्मचारी मित्र र शत्रुहरूसँग पनि बाचा बन्धन बाँध्नु भयो । पुराना स्थानीय बौद्ध साधकहरूले सिङ्ल्हामा गुरूपद्मसम्भवले धर्मदेशना तथा ध्यान गर्नु भएको स्थान मेफ्रा ऊ (खरानी ओढार) भएको विश्वास गर्दछन् ।

गुरु पद्मसंभवको धेरै पवित्र स्थलहरु छ । त्यसै क्रममा खोजीनिती हुन नसकेको स्थल, हालसालै खनियाबास गाउँपालिकाको वडा नं २ मा पर्ने सिङ्ल्हा भन्ने ठाउँमा अवलोकन गर्ने अवसर मिलेको थियो । सो ठाउँमा त्यहाका बासिन्दाहरुले गुरु पद्मसंभव तिब्बतमा जानेक्रममा त्यही बाटो भएर जानुभएको पदमार्ग भन्ने छ । तै पनि मलाई कस्तो खालको अनुभुती भयो भन त्यहरु पुगीसके पछि रहस्यमय पर्वतहरु,चट्टानहरु गुफाहरु भएको कारणले थप खोज गरेर त्यसलाई ठोस रुपमा गुरु पद्मसंभवको तिर्थस्थलको रुपमा बिकास गर्न सक्यो भने पक्कै पनि नेपालको पर्यटन प्रवद्धन र आर्थिक उन्नती र समृद्धिको लागि थप टेवा पु¥याउछ भन्ने लाग्छ ।

त्यहाका स्थानीय लामाहरुमा गुरु पद्मसंभवले कुङकरकै छेउ दक्षिण पश्चिम तर्फ रहेको चेप्टो ढुङ्गामाथी जद्माआसनमा बसी आफ्नो जन्मभुमी उर्गेनयुल तर्फ फर्की ध्यान बसिरहेकै अवस्थामा सुर्यको किरण भएर प्रस्थान गर्नुभएको भन्ने धार्मिक बिश्वास छ ।

त्यो गुरु रिम्पोछेको स्युप्टे हो । उर्गेनयुल पट्टि पर्केर गोम बस्नुभएको स्युप्ट हो त्यसमाथी बसेर गोम बस्नु भएको हो । त्यहा बाट ङीमाको होइस्हेरको मार्ग भएर बिलिन भएको भन्ने छोईहरुमा छ ।

यध्यपी त्यो ढुङ्गा अहिले पनि कुङ्करको छेउमा देख्न सकिन्छ । त्यसैले गोनेङ्याकै दिन त्यस भेकका लामाहरु सिङला गइ गुरु पद्यसम्वभको सम्मानमा भार्छेलामसिल पाठ गरी श्रद्धा भावका साथ पूजा अर्चना गर्दछन् ।
यो तथ्यले हाल धादिङ जिल्लाको रूबी उपत्यका आजको रूबीभ्याली गाउँपालिका क्षेत्र प्राचीनकालीन न्हेबेर पर्वतश्रृङखला अर्थात रातो पत्थर (रेड रुवी) को खानीयुक्त पर्वत Red Mountain भएको यर्थाथलाई सिद्ध गर्दछ ।
साँस्कृतिक किम्वदन्ती अनुसार एकजना भेँडी गोठालोलाई सपनामा सिङलादेवीको पूजा गरी आशीर्वाद लिनु भनेकोले सिङलालाई देवी र चेलीको आशिर्वाद लिने अर्थमा गोनेङ्याका दिन चेलीहरुको हातबाट त्यहाँका युवाहरूले टीका प्रसाद ग्रहण गरी सिङ्ल्हालाई तामाङहरुकोे ईष्टदेव तथा देवी अर्थात् बस्तीको शक्तिवान रक्षक देवताको रुपमा श्रद्धा, आस्था भावका साथ पूज्दछन् ।

यो बर्लु फुल हो । चेलीहरुले बर्लुको मला लागाईदिने चलन छ ।

मनोकामना पुरा हुने विश्वासका साथ अक्षताभेटी लिएर बोन्पो र लामाका साथ त्यहाँ पुग्दछन् । लामा, बोन्पो र धामीहरु त्यस ठाँऊमा गइ जप, तप र ध्यान बसे आफु र आफ्ना शिष्यहरुले समेत सिद्धी प्राप्त हुन्छ भन्ने मान्यता छ ।

दिर्घायुको आशिष ग्रहण गर्छौ । लक्षिण ग्रहण गार्छौ । धन सम्पती, पैसा, अन्नबाली र पशु बृद्धिको आशिष ग्रहण गर्छौ । सबै आशिष ग्रहण गर्छौ । हिउ जस्तै आउछ बरु छान्नु पर्छ । सिङ्ल्हा लाई पुज्न जान्यो भने सबैको मनोकामना पुरा गरिदिन्छ । सिङ्ल्हामा ध्यान ग¥यो भने अन्न, पानी, धन सम्पती फलिफाप हुन्छ । चोखो गाईको घ्यु र धुपिको धुप बाल्नु पर्छ । सिङ्ल्हालाई हानी पु¥यायो भने चट्याङ पर्छ । असिना पर्छ, बिजुली चम्किन्छ । एकै छिनमा मौसम बदलिन्छ । बादलले छोपिन्छ । पानी पर्छ ।

सिङ्ल्हामा भदौ पुर्णिमामा मेला लाग्छ । गुरु रिम्पोछे तिब्बतबाट आउनुहुदा भदौ पुर्णिमाको बेला सिङ्ल्हामा आउनुभएको र सिङ्ल्हा बाट सुर्यको किरणसंगै त्यही बेला बिलिन भएको भन्ने आधारमा त्यहा भदौ पुर्णिमाको बेला मेला लाग्ने प्रचलन रही आएको छ । अहिले पनि के कुरा यथार्थ छ भने, मेला लाग्दा होस या मेला नलाग्दा होस त्यो एरियामा गएर शान्त भएर बस्यो भने मौसम सफा हुन्छ । तर सिठी बजायो हलला ग¥यो भने तुरुन्तै चारे तिरबाट बादलले ढाक्ने, पानी पर्ने सम्म पनि हुन्छ यो यथार्थ हो । सबैजना पुगेर अनुभव लिन सकिन्छ । त्यस कारण त्यो ठाउँ सामाजिक हिसावले पनि एकदमै ऐतिहासिक र शक्ति भएको ठाउँ हो । हामीले त्यही अनुसार ब्यापक प्रचार प्रसार गर्न सक्नु पर्छ भन्ने मेरो मान्यता छ । -छत्र लामा ( पुर्व अध्यक्ष, किस्पाङ गाउँपालिका)

धनसम्पति, व्यापार, व्यवसाय, सन्तानले भरिपूर्ण हुनका साथै रोगव्याधिबाट मुक्त हुने जनविश्वासका साथ गोनियाँका दिन सिङलाको महिमाले भरिएको गीत ”साइकोले” गाउँदै रात विताउँछन् ।

सिङ्ल्हाको ऐतिहासिक पक्ष समेत बलियो छ । सिङलापास चिनियाँ र भारतीय सभ्यता जोड्ने प्राचीन र ऐतिहासिक व्यापारिक मार्गको रुपमा रहेको देखिन्छ । लुम्बिनी भ्रमण आएका कतिपय चिनियाँ यात्रीहरुले छोटो मार्गको रुपमा सिङ्ल्हापासलाई प्रयोग गरेको विश्वास गरिन्छ ।

प्राकृतिक, धार्मिक, साँस्कृतिक र ऐतिहासिक रुपले महत्वपूर्ण पर्यटकीय गन्तव्य हुँदाहुँदै पनि सिङलाको माचेत र रुपचेतमा सुविधायुक्त होमस्टे निर्माणको आवश्यकता टडकारो देखिन्छ । रुपचेतदेखि माथि सिङ्ल्हासम्म आकर्षक वातावरणमैत्री रेलिङ सहितको सिँढी निर्माण गर्न नितान्त आवश्यक छ ।


रिम्पोछेहरुको भनाई अनुसार संसारको अलौकिक ठाउँहरु मध्ये सिङ्ल्हा पनि एक हो भन्ने मैले सुनेको छु । यस्को महिमा गएर हामीले सक्दा पनि सकिदैन । जक तपाई त्यहा पुग्नुहुन्छ त्यस पछि आफैले यो ठाउँको महिमा बारे थहा पाउनु हुनेछ । प्राकृतिक रुपमा एक ईन्च पनि तल माथी नगरीकन जस्ताको तस्तै राखेर, त्यो भन्दा मुनितिर जानलाई सहज बनाउन पदमार्गहरु बनाउने । सजिलै बसोबासको ब्यवस्था मिलाउने । अरु पनि मनोरञ्जनको स्थलहरु छन् त्यो ठाउँसम्म पहुच पु¥याउछौ । हामी डिपिआर बनाउदै छौ, छिटो भन्दा छिटो मन्त्रालय र विभागहरुमा पेश गर्दैछौ । सिङ्ल्हामा गुरु रिम्पोछेको मुर्ती ठाउँ मिलाएर राख्ने, कुङकर र लामाको माने भन्दा माथी मान्छे बस्नलाई गोलो हाईटेक बनाउने । ५० मिटरको दुरीमा ३ ओटा हेलिप्याट बनाउदै छौ । नुवाकोट र रसुवा भएर आउने बाटोहरु सफा गर्ने । तल तिर बासस्थानको ब्यवस्था गर्ने । धादिङको खनियाबास १ र २ झार्लाङबाट आउने पदमार्ग बनाउने र बिचबिचमा टि हाउस ब्यवस्था गर्ने हाम्रो योजना छ । – रण बहादुर तामाङ ( अध्यक्ष, खनियाबास गाउँपालिका)

नेपाल भित्र बौद्ध भर्म संग जोडिएका यस्ता पवित्र स्थलहरु छन् । जस्को खाज अनुसन्धान गर्दै आगामी दिनमा ति तिर्थ स्थलहरुलाई धार्मिक गन्तब्यको रुपमा बिकास गर्नको लागि हामीले कार्यक्रमहरु त्य गरेका छौ ।
आठौ शदाप्तीका महान गुरु गुरु पद्मसंभव, एघारौ सदाप्तीका महान गुरु मिलारेपा हरुले नेपालको बिधिन्न स्थानहरुमा ध्यान तपस्या र जप गर्नुभएको छ । वहाहरुले ध्यान तपस्या र जप गर्नुभएका् स्थान भनेको
बौद्ध धर्मावालम्बीहरुको लागि पवित्र स्थल हो । यो स्थललाई खोज अनुसन्धान गरी जन समक्ष पु ¥याउन सकेको खण्डमा अवस्य पनि धार्मिक पर्यटकिय गनतब्यको रुपमा बिकास हुनेछ भन्ने हामीले बिश्वास लिएका छौ । त्यसैले आगामी दिनहरुमा यस्ता किसिमका पर्यटकिय तथा धार्मिक गन्तब्यको रुपमा यस्ता स्थलहरुलाई बिकास गर्दे लाने लक्ष राखेका छौ । यही लक्ष अनुरुप हामीले काम गर्न सक्यौ भने देशको अर्थ तन्त्रमा थोरै भए पनि सहयोग पुग्नेछ भन्ने यस गुम्बा बिकास समितिले बिश्वास गारेका छौ ।

तीन जिल्ला र चार गाँऊपालिकाको शिरको रुपमा रहेको संगमस्थल सिङ्ल्हाको विकासमा चार स्थानीय निकायको समन्वय रहेमा यो भेगको सम्वृद्धिका लागि सिङ्ल्हाकोशेढुङगा सावित हुनेछ ।

यस सिङ्ल्हाको बारेमा बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा बिकास समिति ले निर्माण गरेको बृत्तचित्र हेर्नुहोस ।

सिङल्हा
( गुरु पद्मसंभव ङीमा होइस्हेरको मार्गबाट ङ्याब युल प्रस्थान गर्नुभएको प्राचीन धार्मिक तीर्थस्थल)

निर्माण
बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा बिकास समिति

निर्देशन/छायाँकन/सम्पादन
रोशन फ्युवा तामाङ
Director: Roshan Phyuba Tamang

कथा सम्पादन
अजितमान तामाङ

लेखन
जीवन कुमार योञ्जन

स्वरांकन
अमरध्वज लामा

छायाँकन सहयोगी
प्रकाश तामाङ

दृश्य निर्माण
ल्हाप्साङकर्पो म्युजिक सेन्टर प्रा.लि.

रंग संयोजन
टेकेन्द्र शाह

ध्वनी संयोजन
वाङ्च्यु फ्युवा

अंग्रेजी अनुवादक
श्रेया योञ्जन

धन्यवाद ज्ञापन
बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा बिकास समिति परिवार
इन्दिरा योञ्जन
दिल तामाङ
ज्ञानेन्द्र घले
लिलाल तामाङ
बिस बहादुर तामाङ
पासङ तामाङ
रोशनी तामाङ

श्रोत ब्याक्ति
फुपु छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल)
अध्यक्ष
बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा बिकास समिति

होम बहादुर दोङ
कार्यकारी निर्देशक
बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा बिकास समिति

अजितमान तामाङ
बौद्ध धर्म अध्यता तथा अनुसन्धानकर्ता

मोहन कुमार योञ्जन
बौद्ध धर्म अध्यता तथा अनुसन्धानकर्ता

रण बहादुर तामाङ
अध्यक्ष
खनियाबास गाउँपालिका, धादिङ

छत्र बहादुर लामा
अध्यक्ष
किस्पाङ गाउँपालिका, नुवाकोट

लोपेन सम्तेन तामाङ
मान बहादुर तामाङ
फुर्पा लामा
प्रशान्त तामाङ

यातायात
सुरेन्द्र थिङ तामाङ

मिडिया पार्टनर
नेपाल टेलिभिजन
बोधि टेलिभिजन
ITV
Indigenous TV
NTV Plush