तामाङ भाषाको चलचित्र काख्रेको कतारमा प्रदर्शनि हुँदै !!!

-Qatar

तामाङ जातिको परिवर्तन शैक्षिक तथा आर्थिक सुदृढीकरण ” भन्ने मुल नाराका साथ सन २००५ मा स्थापना भएको संस्था नेपाल प्रवासी तामाङ समाज कतारको संस्कृति तथा कलाकार विभाग द्वारा तामाङ भाषाको चलचित्र काख्रेको विशेष प्रदर्शनि तथा सांस्कृतिक कार्यक्रम यही जुलाइ २९तारिख शुक्रबारको दिन हुने भएको छ

बर्तमन अबस्थाका युवाहरूलाई लक्षित गरेर निर्माण गरिएको काख्रे चलचित्रले प्रवासमा पनि दर्शकको मन जित्नेमा निर्माण टिम ढुक्क भएको बताउनु हुन्छ कथाकार निर्देशक तथा नायक रितुराज पाख्रीनको अभिनय मा रहेको काख्रेमा चर्चित नायिका सुनिता लुङ्बाको नयाँ अबतार यश चलचित्रमा देख्न सकिने छ भने कुइसाङ रुम्बा लगायतका कलाकार हरुको सशक्त भुमिका रहेको काख्रेको ट्रेलरमा देखि सकेको छ ,

तामाङ चलचित्र कतारमा प्रदशन हुने यो पहिलो पटक भने होइन बिगतमा सेर्कु, काला दाग, जस्ता तामाङ चलचित्र कतारमा प्रदशन भै सकेको छ तर यो पटक भने लामो समए देखि कोरोनाको कहरले तामाङ चलचित्र हेर्न नपाएको दर्शकहरुको प्यास मज्जाले काख्रेले मेटाउनेमा बिश्वास रहेको कतारका आयोजक नेपाल प्रवासी तामाङ समाज कतारको सस्कृती तथा कलाकार बिभागले जानकारी गराउनु भएको छ

कतारमा कर्म थलो बनाइ रहनु भएको सम्पुर्ण तामाङ चलचित्र प्रेमी दर्शकहरुलाइ यही जुलाइ २९ तारिख सालिमार इस्तामबुल रेस्टुरेन्ट दोहा, नज्मामा उपस्थित भएर तामाङ चलचित्र काख्रेलाइ माया र हौसाला प्रधान गरि दिनु हुन चलचित्र टोलि आयोजकको अनुरोध पनि रहेको छ

चलचित्र प्रदशन संगै विभिन्न सस्कृती कार्यक्रम पनि हुने आयोजक टिमले जानकारी गराउनु भएको छ स्थानीय कलाकार सेलो गायक कुमार ओख्रेली, सेलो गायक सुन्दर मोक्तान गायिका मुस्कान रुम्बा लगायतका कलाकारहरुको भब्य प्रस्तुत रहने पनि जानकारी गराउनु भएको थियोे ।

कार्यक्रम हुने
मिति :- २९ जुलाई २०२२
समय :- ठिक ११:०० बजे बिहान
स्थान :- सालिमार इस्तामबुल रेस्टुरेन्ट नज्मा

Trailer

RAP SONG