-अजितमान तामाङ

फ्युकुरी

फ्युगरी/फ्यीकुरी/फ्युकुरी/फीकुरी

फ्युकुरी, नेपालको नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका वडा नं 1 मा रहेको छ । फ्युकुरी तामाङ समुदायको बोन्पो, बौद्ध तथा स्थानीय तामाङ धार्मिक, सांस्कृतिक र ऐतिहासिक संगमस्थल हो । फ्युकुरी  लाई स्थानीय जनसमूदायहरूले मनोआकांक्षा पूरा गरिदिने, मागेकोकुरा दिने तीर्थस्थलका रूपमा विश्वास गर्दछन् । बोम्बो परम्परामा आमा पासाङरानी, आमा डोल्मो रानी तथा सेर्कु रानीमार्कु रानी  कसैकसैले  मार्कु (मारकु) डोल्मो अर्थात् नौ धनधान्यकि साक्षातदेवी रहेको स्थानका रूपमा विश्‍वास गरिन्छ ।

यसैगरी बौद्ध परम्पराको विश्वास दोमाङकुयी दाबो, दोमाङकुयी दामो भनेर बोम्बोहरूले समेत पुकारने गरिन्छ दोमाङ  भनेको बुद्धबचन बौद्ध शुत्र हो । दोमाङ  बुद्ध बचन प्रतिको श्रद्धा व्यक्त गर्न जाने तिर्थस्थल हो फ्युकुरी म्हाने  को फेदमा रहेको शीलालाई धार्मिक दृष्टिले फ्युकुरीलाई स्थानीय समुदायका पुराना पाका मानिसहरू, तीर्थाटनमा पुग्ने तामाङहरू र जंगलमै आफ्ना पशु चौपायासँग रमाउने गोठालोहरूले देखाउँदै यस्तो बताउने गर्दछन्

फ्युकुरीको टाकुरोमा रहेको पुरानो माने/कुङकारको फेदमा रहेको ठूलो दोमाङ शीला (बौद्ध सुत्रको ग्रन्थ) हो ।  यो दोमाङ शीलालाई विभिन्न समयमा गोठालो तथा अरू कसैले आफ्नो गोठमा लगेर राख्‍दा । भोलिपल्ट आफै नै त्यो दोमाङ शीला फेरि माने भएकै पहिले कै ठाउँमा पुगेको देखेछ । यो घटना पटक-पटक भएको बताइन्छ । यस्तै-

जङगलमा गोठालोहरूले बस्तुभाउको आवाज सुनिने तर नदेखिने दुइ तीन दिनसम्म हराउने हुँदा पनि यहाँ आएर पुजा आराधना गरे भेटिने गरेको बताउँछन् ।

फ्युकुरीलाई दुइसुमसाङग्ये  त्रिकालदर्शिबुद्ध गुरू पद्मसम्भवको बार्छ्येलामसेल मार्गबाधा निवारण प्रार्थनामा नेपालका तीर्थहरूसँगै नुवाकोट जिल्ला रहेको चाङ्खा ल्ह कविलेश्‍वर कविलासको लेक तथा डाल्ह भनेर फ्युकुरीलाई र देवीघाट समेतलाई उल्लेख भएको साधक लामा गुरूहरू बताउनु हुन्छ । धार्मिक शास्त्रमा यसरी लेखेका छन्-

                        गाङलागाङदुल कुरत्यननेःचाङखाल्हायील्हथोगतुः

                        डाल्हाही गेञेन दाम्ला तागःयुलनी छावायी छा श्‍योद् दुः

                        सिङल्हयी गेञेन डेक्पा च्यनः ञिश्युचाचिग दाम्ला तागः

                        माङयुलदेयीज्यामटीनदुः गेलोङश्यीला ङोइडुप नाङः    

अनुवाद

जस्तालाई तदनरूप विनित गर्ने रूप देखाइ, चङखा नामक लेकको शिरमा पुग्नुभइ ।

युद्धका देव (डाल्ह) सँगको मित्रताको बाचाबन्धन गर्मि देश (देवीघाट)मा सम्पन्न भयो ।

सिङगाल्हका २१ अभिमानी धर्मचारी मित्रशत्रुहरूसँग पनि बाचाबन्धन बाँध्नु भयो ।

माङयुलको महाकरूणामयिक ज्ञानकाकारण चार भिक्षुहरू सिद्धत्व प्राप्त हुनु भयो ।

यी बार्छेलामसिलका वृतान्तले डाल्हा धर्माचारी आदर्श कुसल शक्तिशाली, बलशाली पेकार ग्याल्बोको देश रहेको तिब्बती इतिहसका स्रोतलेबाट ज्ञात हुन्छ । जसको कारण मनले चिताएको पुरा हुने देवस्थान तीर्थाटन क्षेत्र, फ्युकुरी मानिदै आएको छ ।  यसरी नै प्राकृतिक स्रोतका दृष्टिमा पनि फ्युकुरी  बन क्षेत्रमा, विभिन्न प्रजातिका बार्लु साङ, स्युक्पा, पामो स्युक्पा साङ (धुपी), गुराँस अर्थात् पाटाम्हेन्दो, तामर म्हेन्दोका साथै अनेकन जडिबुटीहरू पाइने, डाँफे, मुनाल, कालिज आदि पन्छि अनि घोरल मृग, बँदेल लगायतका बन्यजन्तुहरू पाइने, असाध्यै मनोरम घना-जङ्गलको टाकुरोमा रहेको हुनाले यस महत्वपूर्ण तिर्थस्थलको नाम स्थानीय तामाङ भाषामा फ्युक्पेःरी  अर्थात् संबृद्ध र सम्पन्न पर्वतका नामले फ्युकुरी भनेर चिनिएको हो । शास्त्रीय तामाङभाषामा ༼ཕྱུག་།༽ फ्युग् भन्नाले धनी धनवान, सम्पत्तिवान र संवृद्धीलाई बुझाउँछ भने ह्री वा री ले वन-उचो-पर्वत, सर्बोच्च र सम्मानित, उचो या प्रमुख भन्ने बुझाउँ छ त्यसकारण गुरू री-म्पोर्छे, गाङरीम्पोर्छे, ल्हरी, पालरी  भनिए जस्तै यो टाकुरोलाई फ्युकुरी, नामले चिनिन्छ ।

यो पवित्र धार्मिक वन-पर्वतीय क्षेत्रमा प्राकृतिक र वनस्पतिक तथा जैविक विविधतायुक्त संम्वृद्ध हरियाली रहि-रहने हुँदा यहाँ पशु चौपाया सम्पत्ति गाई, भैंसि देखि भेडा, च्याङग्रा, याक आदिका गोठहरू राख्‍ने गरि आएको छ तसर्थ पशुपालनका दृष्टिले पनि यो क्षेत्र सम्पन्न भएकाले शास्त्रीय तामाङभाषामा फ्युग्‍रीक्योङह्युल༼ཕྱུགས་ཀྱི་ཕྱུག་།༽ ༼ཕྱུག་རིགས་སྐྱོང་ཡུལ་།༽ भनिन्छ । तसर्थ यस फिकुरी बनक्षेत्रले देशको महत्वपूर्ण प्राकृतिक संरक्षण क्षेत्र लाङटाङ राष्ट्रिय निकुन्जलाई समेत छोएको छ ।

यो समुन्द्रि सतहदेखि ३55० मिटर उचाईमा रहेको छ ।  यहाँबाट बेलुकिको समयमा काठमाडौंमा झिलिमिलि बिजुलि बलेको देखिनुको साथै नजिकैको पबिल, पाल्दोर, गणेश, लाम्टाङ आदि हिमश्रृङ्खलाहरु देखिन्छ र त्रिशूली, तादी आदि नदीले बनाएको समथर खेती योग्य भूमि, अनि वरिपरिका लेकाली खर्क फाँटहरु पनि हेर्न सकिन्छ । मौसम खुलेको बखत देखिने यि मनोरम-दृष्यहरुले जो-कोहिलाई आनन्द र मनोरमता प्रदान गर्दछ ।

फ्युकुरी तीर्थमा छिमेकका म्यागाङ गाउँपालिका किमताङ, बर्सुन्चेत, बोमताङ, देउराली, दोलेप, सावाङ लगायत किस्पाङगाउँपालिकाकै साङगाम, बाल्ची, काउले, मानेगाङको साथै धादिङका कोहि कोहि र रसुवा जिल्लाका ठुलोगाउँ, डाँडागाउँ आदिका स्थानीय तामाङ समुदायले परापूर्वकालदेखि नै हरेक ठूलो एकादशीमा लामा तथा बोम्बो सहित मेलाभर्न तथा तीर्थाटन गर्न जाने गर्दछन् । तसर्थ यो अलि प्रकाशमा ल्याउन नसकेको ऐतिहासिक, धार्मिक, तथा सांस्कृतिक पर्यटकीय स्थल हो ।

यहाँ पुग्न पहिलो दिन, काठमाडौं बालाजु बाइपास बस स्टण्डबाट ४-५ घण्टाको यात्रामा किस्पाङ गाउँपालिकाको काउले बजार या बाल्चि (भाल्चे) जाने बसमा चढेर ताजी नाम्सा  सम्म पुग्न सकिन्छ । दोस्रो दिन काउले बजारमा वास बसेमा त्याहाँबाट ताजीनाम्सा हुँदै लगभग ६-७ घण्टाको उकालो पैदल यात्रा (अघिपछि हिडने नगरेकाहरूका लागि) पछि फ्युकुरी पुग्न सकिन्छ । फिकुरीमा पुगेर टेन्ट, खाने कुरा आदिको जोहो (व्यवस्था) गरी वास बस्नु उपयुक्त हुन्छ ।

फ्युकुरी पुग्नु अघि थुप्रै ऐतिहासिक पुरातात्विक माने कुङकर, सेरकाङ, दिम्साकु (नौ घडेरी)को नजिक हुँदै ज्याकुदा पवित्र पोखरी हुँदै गुराँसको सुन्दर बनै-बन भएर पुगिन्छ ।

किस्पाङ ग्याछो

नेपालमा संघीय गणतन्त्र स्थापना पश्‍चात साविकका मनोकामना, फीकुरी, काहुले, बाल्ची (भाल्चे) र साङगाम (साल्मे) पाँच गाविसहरू मिलाएर  कीस्पाङ गाउँपालिका बनेको हो । फिकुरी, मनोकामना पूरा गर्ने तीर्थस्थलको एक अभिन्न अंग किस्पाङ ग्याछो किस्पाङ पोखरी कै नामबाट गाउँपालिकाको नाम रहेको हो । यो नाम ऐतिहासिक भाषाविज्ञानको व्युत्पत्तिको सिद्धान्त अनुसार हेर्दा तामाङभाषाको कि साङपी पाङ  सङ्लो पानीको मैदान बाट कीस्पाङ  भएको देखिन्छ ।

शास्त्रीय तामाङ भाषामा ग्या  शब्द ग्याल्बो वा राजकीय परम्परासँग जोडिएको भन्ने अर्थ दिएको हुन्छ । यसै पालिकाको नजिकैको बाल्ची गाउँमा यस्तै ग्याल्छयु  राजकिय पानीको स्रोत रहेको छ । शास्त्रीय तामाङ भाषामा छ्यु  भनेको पानी हो, भने छो  शब्दले पानीको ताल वा पोखरीलाई बुझाउँछ । त्यसकारण कीस्पाङ ग्या छो  पोखरीलाई कसै-कसैले कीस्पाङ ग्याम्छो  किस्पाङ सागरका रूपमा पनि लिने गरेको पाईन्छ । अहिलेको यथार्थ भौगोलिक वस्तुस्थितीलाई हेर्दा यहाँ पहिले देखि नै सङलो पानीको ताल (पोखरी) र धार्मिक महत्वको मैदान सँगै जोडिएको छ जहाँ सदियौं देखि तामाङ समुदायले तीर्थाटन तथा जात्रामेला भर्दै आएको छ । यहाँको यो भौगोलिक अवस्थाले तामाङभाषाको की साङपि पाङ  र यसको व्युत्पत्ति किस्पाङ को सार्थकतालाई सिद्ध गरेको देखिन्छ ।

यो कीस्पाङ ग्याछो  पोखरीको वरिपरि यसको संरक्षण गर्दै हजारौ वर्ष देखि बसोवास गर्दै आएकाले तामाङ समुदायलाई ग्याछो  भनेर भनिन्छ । ग्याछो  याहाँको एक तामाङ थर हो । यीनीहरूको दाजुभाई रसुवा जिल्लाको आमाछोदीङमो गाउँपालिकाको गलाङका छेक्पाल, नोर्याङतेबा थरका तामाङहरू हुन् । यीनीहरूको पनि सम्बन्ध छो-दीङ-मो पोखरी सँग रहेको विश्वास गरिन्छ ।  कीस्पाङ ग्याछो पोखरी आसपासको सम्पूर्ण जमीन तथा क्षेत्र पनि ग्याछो थरका तामाङ समुदायकै अधिनस्त हकभोगमा रहेको छ । यहाँ यी ग्याछोहरूको नजिक मानिनेले अरू थरका तामाङ दाजुभाइ पनि छैन ।

किस्पाङमा हरेक  बोइतापालाछेपागी मंसिर महिनाको ठूलो एकादशीमा ठूलो मेला लाग्ने गर्दछ । धादिङ, रसुवा र स्थानीय अरू पालिकाहरूबाट पनि मेला तथातीर्थ भर्न आउने गर्दछ । कीस्पाङफ्युकुरीमा एकै दिन मेला जात्रा लाग्ने भएपनि यहाँ आउने बोम्पोहरू र लामाहरूले दुवै तीर्थ एकै साथ जाँदैनन । यहाँ आउने लामा तथा बोम्पोहरू फीकुरी उक्लँदैन भने फीकुरी उक्लेकाहरू पनि फिकुरीबाट झरेर किस्पाङ ग्याछोमा मेला भर्न नजाने परम्परा रहेको छ तर सर्वसाधारणहरूले भने दुवै तीर्थ पुग्ने र पूजा आजा सहित तीर्थाटन र मेला भर्ने गर्दछन् ।

यो बोइतापालामा लाग्ने किस्पाङफ्युकुरीतीर्थको मेला तीन दिनसम्म चल्ने गर्दछ । पहिलो दिन, एकादशीको एकदिन अगावै साँझ बोम्पोहरू किस्पाङ पुगेको हुन्छ । त्यस्तैदिन फ्युकुरी जानेहरू ज्याकुदा सम्म पुगेका हुन्छन् । अन्य स्थानहरूबाट किस्पाङ पुगेका सर्वसाधारणहरू पनि एकादशीको एक्का विहानै १-२ बजे तिर अँध्यारो छँदै उज्यालो नहुँदै कीस्पाङको ल्हाछेन (महादेव)लाई दुध चढाएर फ्युकुरीपुगेर तीर्थाटनगरी बेलुकि कीस्पाङमा जात्रा भर्न आइपुगेको हुन्छ । कीस्पाङमा अघिल्लोदिन देखि एकादशीका रातभरी बोम्पोहरू, लामाहरूले पूजा आरधना गरि रहेका हुन्छन भने सर्वसाधारणहरू म्हेन्दोमाया गीत, नृत्य तथा अन्य मनोरन्जन गरेरै रात काट्ने गर्दछ । एकाविहानै सवै तीर्थालुहरू आ-आफ्नो गाउँतिर फर्कने गर्दछ । यसरी कीस्पाङ ग्याछोसँगैको कीस्पाङ मैदानमा तीन दिनसम्म स्थानीयहरूले व्यापारिक प्रयोजनले सुत्न व्यवस्था, खानाको पसल, खाजा, चिया, अन्य स्थानीय लत्ताकपडा आदि बेच्न दोकानहरू राखेका हुन्छन् ।

OFFICIAL DOCUMENTARY