रोशनी गोले
जुगल, सिन्धुपाल्चोक
जुगलका ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वका स्थलहरू
नेपालको बाग्मती प्रदेश सिन्धुपालचोक जिल्ला अन्तर्गत पर्ने जुगल गाउँपालिका ५९२ बर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । साविकको सेलाङ, गोल्चे, गुम्बा, पाङताङ, बराम्ची र हगाम गाविसलाई समाहित गरी जुगल गाउँपालिका नामकरण गरिएको हो । जुगल गाउँपालिकालाई ७ वडाहरुमा बिभाजन गरिएको छ । पालिकाको उत्तरमा रसुवा र चिन, पश्चिममा पाँचपोखरी थाङपाल गाउँपालिका, दक्षिणमा ईन्द्रावती गाउँपालिका, चौतारा सांगाचोकगढी नगरपालिका, बलेफी गाउँपालिका र पूर्वमा भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिका पर्दछ । यस गाँउपालिकामा नेपालको राजधानी काठमाडौँबाट सबै भन्दा नजिक पर्ने ग्यल्जेन पिक, दोर्जे लक्पा, लेम्पो गङ, गुरकर्पाे, फुर्वी च्याचु आदि जुगल हिमश्रिंखला जुगल गाँउपालिका भित्र पर्दछ । त्यसैको आधारमा गाँउपालिकाको नाम जुगल राखिएको हो । ऐतिहातिक, धार्मिक तथा पर्यटकिय महत्व बोकेको स्थलहरु नेपेमासल, तिनकुण्डा, दुधपोखरी, दोमङ पोखरी, गेगङ पोखरी, सानो भैरबकुण्ड, अमिलो पानी आदि यसै पालिका भित्र पर्दछन् ।
यस बृत्तचित्रमा मा हामी जुगल गाउँपालिका भरीका केही महत्वपूर्ण ऐतिहासिक, धार्मिक तथा पर्यटकिय स्थलहरुको बारेमा चर्चा गरेकाछौं ।
बृत्तचित्र हेर्नुहोला ।
Leave A Comment