काख्रे यही अषाढ १८ गते प्रदर्शन गरिने

ल्हाप्साङकर्पो म्युजिक सेन्टरको ब्यानरमा निर्मित तामाङ भाषाको चलचित्र काख्रे यही अषाढ १८ गते राष्टिय नाचघर जमलमा विशेष प्रदर्शन गरिने भएको छ । टेलर सार्वजनिक तथा प्रदर्शन मिति घोषणा कार्यक्रमको आयोजना गरी १८ गते प्रदर्शन हुने बताएका छन् । बन्दा बन्दीको समयलाई सदुपयोग गर्दै तामाङ चलचित्र क्षेत्रलाई निरन्तरता दिने क्रममा जुझारु युवाहरुको संलग्नतामा काख्रे चलचित्र तयार भएको छ । बन्दाबन्दीले परेको सामाजिक तथा मानसिक प्रभावलाई मनोरञ्जन मार्फत सामन्य बनाउने उद्धेश्यले चलचित्र निर्माण गरेको भए पनि बिभिन्न कारणले त्यो समयमा यस चलचित्र प्रदर्शन गर्न नसकेको बताए । चलचित्रलाई रोशन फ्युवाले निर्देशन गरेका हन् ।

काख्रेको कथा सारंश
तामाङ चलचित्र काख्रे (गंगटो) गाँउबाट शहर पसेका तामाङ युवाहरुको कथा हो । बिभिन्न जिल्लाबाट काठमाण्डौ छिरेका युवाहरुको जीवनयापन र संघर्षलाई यस चलचित्र मार्फत देखाउन खोजिएको छ । चलचित्र ठमेलबाट सुरु हुन्छ । बिरामी आमाको उपचार खर्च कमाउन शहर आएको युवा र गाँउ समाज छोडेर शहर पसेको काख्रे पात्रको भेट हुन्छ । काख्रेको संगतमा अरु युवाहरु प्नि कहिले डान्सबार, कहिले लुटपाट, कहिले ग्याङ फाईटमा सामेल हुन्छ । अन्त्यमा काख्रे पात्रको संगतमा लागेर आफ्नो लक्ष्य पुरा नभए पछि अरु युवाहरु पछुताउछन् ।

निर्देशकः रोशन फ्युवा तामाङ
कथा लेखनः ऋतुराज पाख्रिन
निर्माताः प्रबल थिङ ( रामसिं तामाङ)
सह निर्माताः शेखर थापा, शंकर पुडासैनी, सरिता तामाङ
छायांकनः प्रकाश तामाङ
कोरियोग्राफरः अजय स्याङतान
द्धन्दः राजु किरात
श्रृंगारः अस्मिता
पोस्ट प्रोडक्शनः ल्हाप्साङकर्पो म्युजिक सेन्टर
सम्पादनः रोशन फ्युवा
पाश्र्व संगीतः अमित श्रेष्ठ
डबिङः नेपाशा स्टुडियो
संगीतः बिशाल काल्तान, रिन्जिन लामा
गयकः रिन्जिन लामा
गायिकाः शशिकला मोक्तान
शब्दः साङगे ब्लोन, रिन्जिन लामा
कलाकार
ऋतुराज पाख्रिन
सुनिता लुङ्बा
कुईसाङ रुम्बा
प्रबल थिङ
सिंग ब. तामाङ
सपना वाईबा
प्रभा घिसिङ
किरण गोर्खे
रेशम श्याउली
किरण साजन
लोप्साङ लामा
राम गोले
गेल्डेन तामाङ
रोशन तामाङ
माया स्याङबो
बिशाल तामाङ

Official Song