लापामा गठबन्धनको उम्मेदवारहरुलाई भव्य स्वागत, लापाको ठूलो गाउँमा चुनावी सभा हुने ।
रुबीभ्याली गाउँपालिकाको गठबन्धनका उम्मेदवार राम सिंह तामाङ ( अध्यक्षको उम्मेदवार माओवादी केन्द्र) र फेलामा तामाङ (उपाध्यक्षको उम्मेदवार, नेपाली कांग्रेस) लाई लापा गाउँबासीले भव्य स्वागत गरेका छन् । बल्ल आफुले खोजेको र चाहेको उम्मेदवार पाएको भन्दै गाउँ नै स्वागतमा उर्लेका थिए । गाउँलेहरुले फूलमाला र स्थनीय परिकारहर, चिसो पेय पदार्थहरु, मकै, भठमास,आलु, दुध, अचार र खट्टे भुटेर तामाङ र गुरुङहरुको संस्कार अनुसार भव्य स्वागत गरेका थिए । स्वागतमा उर्लेको जन लहरलाई धन्यवाद ज्ञापन गर्दै गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार रामसिंह तामाङले रुबीभ्याली गाउँपालिकालाई पर्यटकिय गन्तव्य बनाउने, रुबी भ्याली गा.पा. को बिभिन्न स्थानमा हाईड्र«ो पावरहरु सुचारु गरि पालिकालाई जलबिद्युतमय बनाउने र युवाहरुलाई रोजगार सृजना गर्ने प्रतिबद्धता ब्याक्त गर्नुभएको कुरा नेपाली कांग्रेसका युवा नेता प्रदिप तामाङले जानकारी दिनुभयो ।
बैशाख २३ गते ठूलो लापा मा चुनावी सभा गर्ने कार्यक्रम तय भएको छ । अहिले सम्मको माहोललाई हेर्ने हो भने गठबन्धनको उम्मेदवारहरु प्रति जनता बढी उत्साहित देखिन्छ । चुनावी सभामा थप अरु प्रतिबद्धता र थप योजनाहरुको बारेमा उम्मेदवारहरुले घोषण गर्ने कार्यक्रम समेत रहेको जानकारी प्रप्त भएको छ ।
रुबी भ्याली गाउपालिकाको दिगो बिकास र सु साशनको लागि गठबन्धन को साझा उम्मेदवार युवा नेता राम सिंह तामाङ लाई गोलाकार घेरा भित्र को हसिया हथौडा मा मतदान गरि अध्यक्ष पदमा अत्याधिक मतले विजयी गराऔ र रुख चिन्हमा मतदान गरि युवा नेता फेलामा तामाङ लाई उपाध्यक्ष पदमा भारी मतका साथ विजयी गराऔ ।
VIDEO
Leave A Comment