गठबन्धनले जित्यो भने रुबीभ्यालीको रुबीले बैधानिक्ता पाउने – अध्यक्ष उम्मेदवार राम सिंह तामाङको घोषणा

उत्तरी धादिङको युवाहरुको ढुकढुकी युवा नेता राम सिंह तामाङ बैशाख ३० गतेको आसन्न स्थानीय तहको निर्वाचन २०७९ मा गठबन्धनको तर्फबाट रुबीभ्याली गाउँपालिकाको अध्यक्ष पदको माओबादी केन्द्रको उम्मेदवार हुन । पहिलो स्थानीय निर्वाचनमा झिनो मतले राप्रपा संग पराजित भएका तामाङले यस पटक गठबन्धनको सरकार बन्ने ठोकुवा गर्नुभएको छ । हाम्रो टिभि संगको कुराकानीमा उम्मेदवार तामाङले रुबीभ्यालीमा गठबन्धनको सरकार भएमा रुबीभ्याली गाउँपालिकामा रहेको रुबी खानी र जडिबुटीलाई करको दायरामा ल्याएर बैधानिक्ता दिने प्रतिबद्धता  गर्नुभयो । आफ्नै बारीमा उम्रेको जडिबुटी बजारमा बेच्न जादा अबैध भन्दै दुख दिने, जनतालाई कैद गर्ने जस्ता घटनाहरु बारम्बार भइरहेकोले अब सम्बन्धित निकाय संग समन्वय गरेर रुबी र जडिबुटीलाई बैधानिक्ता दिने बताउनु भयो । काठमाण्डौंबाट नजिकै रहेको पर्यटकिय स्थलहरुलाई पहिलो स्थानीय सरकारले प्रचार प्रसार गर्न नसकेको जिकिर गर्नुभयो ।

रुबी भ्याली गाउपालिकाको दिगो बिकास र सु साशनको लागि गठबन्धन को साझा उम्मेदवार युवा नेता राम सिंह तामाङ लाई गोलाकार घेरा भित्र को हसिया हथौडा मा मतदान गरि अध्यक्ष पदमा अत्याधिक मतले विजयी गराऔ र रुख चिन्हमा मतदान गरि युवा नेता फेलामा तामाङ लाई उपाध्यक्ष पदमा भारी मतका साथ विजयी गराऔ ।

FULL VIDEO पुरा भिडियो हेर्नुहोस