खनियाबास गा.पा.४ को वडा अध्यक्ष उम्मेदवारको प्रतिबद्धता, टोल टोलमा बृद्ध भत्ता देखि नमुना वडाको अबधारणा सम्म
यही बैशाख ३० गते हुन गईरहेको आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट खनियाबास गाउँपालिका वडा नं ४ को वडा अध्यक्ष पदका उम्मेदवार श्री लिलामान तामाङले आफ्नो मतदाताहरु समक्ष लामो ५७ बुदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । १२ वर्ष देखि जनता संगै रहेर गाबिसको सहायक सचिव हुदै गाउँकार्यपालिकाको प्रशासनिक र नितिगत अनुभव बटुलीसकेका उम्मेदवार श्री लिलामान तामाङलाई आफ्नो वडा भित्रका जनताहरुको समस्या, आवश्यक्ता र वडाको समुनत विकास गर्न गर्नुपर्ने हरेक विषयहरु जानकारी छ । जनताकै चाहना अनुसार उम्मेदवार भएकोले
जनताकै हकहितको लागि काम गर्ने प्रतिबद्धता सहित रुख चिन्हमा मतदान गरि अत्याधिक मतले विजय गराईदिनुहुन खनियाबास गाउँपालिका वडा नं ४ का सम्पूर्ण जनतालाई अपिल गरेका छन् ।
प्रतिबद्धता–पत्र
नेपाली कांग्रेसको तर्फबाट खनियाबास गा.पा.वडा नं–४ का वडा अध्यक्ष पदको उम्मेदवार
श्री लिलामान तामाङको प्रतिबद्धता–पत्र
सेवा प्रबाह र सुशासनतर्फ
१. सामाजिक सुरक्षाभत्ता (बृद्ध, एकल, बिधवा, अपांग, बाल पोषण भत्ता ) बैंक अफ काठमांडु
संग सहकार्य र समन्वय गरि प्रत्यक टोल टोलमा वितरण गरिनेछ ,
२. भ्रष्टाचार बिरुद्द शुन्य सहनशीलताको नीति अपनाइ कडाईका साथ कार्यान्वयन गरिनेछ,
३. मालपोत कर (तिरो) प्रत्येक टोल टोलमा संकलन गर्ने प्रबन्ध मिलाइनेछ
४. व्यक्तिगत घटनादर्ता ( जन्म,मृत्यु ,बिबाह , बसाइ–सराइ,सम्बन्ध बिच्छेद ) प्रत्येक
टोल टोलमा चौमासिक रुपमा शिविर संचालन गरिनेछ
५. वडाबाट प्रवाह हुने सिफारिस तथा दर्ता प्रणालीलाई सफ्टवेयर प्रणालीमा विकास गरिनेछ,
६. वडाको सेवा प्रवाहलाइ थप व्यवस्थित बनाउन नागरिक वडा–पत्र तथा गुनासो पेटिकाको
व्यवस्था गरि गुनासोलाई समयमै समाधान गरिनेछ
पुर्बाधारतर्फ
१. निर्माणकार्य सम्पन्न भैसकेका आमा समूह भवनहरुलाई थप स्तरोन्नति गर्ने र फर्निचर
लगायत अन्य आवस्यक सहयोग उपलब्ध गराइनेछ साथै निर्माण हुन बा“की आमा समूह
भवनहरु निर्माण गरिनेछ ,
२. वडा कार्यालयको आफ्नै प्रशासनिक भवन निर्माण गरिनेछ,
३, किम्ताङफेदी– पाख्रिबोट –खडकरि –राहुते–धुनी–चौकी–सल्लेरी–भोक्टेनी सडकलाई
स्तरोन्नति,ग्राभेल,र निकट भविस्यमा कालोपत्रे गरिनेछ,
४. खडकरी ,राम्चे, पाख्रिबोट, स्वांरा ,घाम्सा धार्ना ,धुनी, उगाङ, सिरुबारी लगायत अन्य
अत्यावश्यक गाउ“हरुमा गोरेटो बाटो र पदमार्ग निर्माण तथा मर्मत गरिनेछ,
५. सामुदायिक क्लब भवनहरु आवश्यकताको आधारमा निर्माण गरिने छ,
६. वडाको बिभिन्न स्थानहरुमा वाल उध्यान ,प्रतिक्षालय,चौतारा,पार्टिपौवा,ठा“टि ,हावाघर
निर्माण गरिनेछ,
७, चर्च गुम्बा र मन्दिर मर्मत तथा निर्माण गरिनेछ,
८, २०७२ सालको भूकम्पमा परि मृत्युहुने मृतकहरुको सम्झनामा एक समाधिस्थल निर्माण
गरिनेछ,साथै सहिदहरुको सम्झनामा सम्मान स्वरूप उपयुक्त स्थानमा शालिक निर्माण
गरिनेछ ,
खानेपानी /सिंचाई
१. दार्खा सिम्ले–बेशी, सिरुबारी, दुइ घरे,खडकरि –रामचे,स्वांरा , पाख्रीबोट, किम्ताङफेदी,
टोड्के, रातमाटे, धार्ना, भोग्टेनी सिम्पानी र साबिक –७ का टोलहरु लगायत अन्य
अत्यावश्यक ठाउ“हरुमा एक घर एक धारा खानेपानी निर्माण तथा मर्मत गरिनेछ,
२.अधिकार सम्पन्न मर्मत सम्भार कोष खडा गरि खानेपानीलाई व्यवस्थित रुपमा
मर्मत/निर्माण गरिनेछ
३. कृषि उत्पादन वृद्धि गर्न स्थानीय तथा उन्नत जातका बालिहरुलाई प्रोत्साहन गरि
सिंचाइको सुबिधा बिस्तार गरिनेछ,
४. उपयुक्त स्थानमा अनुकुलतालाई मध्येनजर गरि थोपा सिंचाइ कार्यक्रम ल्याइनेछ,
शिक्षातर्फ
१. वडा भित्र रहेका सम्पूर्ण विद्यालयहरुलाई तारबार सहितको कम्पाउण्ड निर्माण गरिनेछ,
२. एक विद्यालय एक खेलमैदान र एक विद्यालय एक बाल उद्यान (Children Park )
निर्माण कार्यक्रमको थालनी गरिनेछ,
३, गणेश कुण्ड मा.बि.लाई ICT, ल्याव सहितको नमुना विद्यालय बनाइनेछ,
४. अभिभावक संग शिक्षक कार्यक्रम र अभिभावकसंग वडाध्यक्ष कार्यक्रम संचालन गरिनेछ,
५. उच्च प्राविधिक शिक्षा अध्यनरत गरिव, जेहेन्दार विध्यार्थीलाई छात्रवृत्तिको व्यवस्था
गरिनेछ,
६. प्रत्येक विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था गरिनेछ,
स्वास्थ्यतर्फ
१. शारीरिक अपाङ्गता भएका अशक्त तथा जेष्ठ नागरिकहरुलाई खनियाबास ग्रामिण
अस्पतालसंगको समन्वय र सहकार्यमा घुम्ती शिबिर संचालन गरि नियमित स्वास्थ्य
जांच परिक्षण गरिनेछ,
२. खनियाबास ग्रामिण अस्पतालबाट हुने स्वास्थ्य सेवालाई थप व्यवस्थित बनाइने छ,
३. विभिन्न खोप अभियान कार्यक्रमलाई प्रभावकारी बनाइनेछ
४. खनियाबास ग्रामिण अस्पतालमा मासिक एकपटक बिशेषज्ञ सेवाबको लागि
पहल गरिनेछ,
५. दीर्घरोग वा प्राण घातक रोगबाट ग्रसित रोगीहरुलाई वडा र पालिका स्वास्थ्य बजेटबाट
थप आर्थिक सहयोगका लागि पहल गरिनेछ,
कृषि–पशुपालन ÷ सहकारीतर्फ
१. कृषि र पशुपालनलाई आधुनिकीकरण एवम प्रबिधि मैत्री बनाइनेछ,
२. तरकारी,फलफुल,सागसब्जिका लागि आधुनिक शितभण्डार स्थापना गरिनेछ
साथै स्थानीय उत्पादित कृषि सामाग्रीलाई ब्रान्डीङ र लेबलिङ गरिनेछ,
३. कृषकहरुलाई कृषि तथा पशुपालन तालिम दिइनेछ,
४. एक टोल एक उत्पादन कार्यक्रम संचालन गरिनेछ,
५. स्थानीय स्तरमा उत्पादित तरकारी ,फलफुल,सागसब्जी, घ्यु, दूध, मासुजन्य पशुपंक्षीलाई
बजारीकरणका लागि सम्बन्धित निकायसंग समन्वय गरी खरिद–बिक्रिको प्रबन्ध
मिलाइनेछ,
६. साबिक वडाहरुमा वडास्तरीय कृषि नर्सरी निर्माण गरिनेछ,
७. पशुपालकहरुलाई उन्नत जातका पशु माग गरिनेछ,
८. गा.पा.संगको सहकार्यमा सहकारी भवन निर्माण गरिने छ
९. सहकारी प्रवाहलाई छिटो छरितो,र चुस्त बनाउनका लागि सफ्टवेर प्रणालीको बिकास
गरिनेछ,
१०.कृषि मेला तथा कृषि प्रदर्शनी कार्यक्रम राखी उत्कृष्ट कृषकलाई पुरस्कृत गरिनेछ,
११.कृषकहरुलाई प्रोत्साहन स्वरूप गोरु जुधाई कार्यक्रम राखी पुरस्कृत गर्ने तथा गोरु
जुधाई कार्यक्रमलाई राष्ट्रिय स्तरसम्म प्रचार–प्रसार गरि पर्यटन आधार क्षेत्र बनाइने,
युवा/खेलकुदतर्फ
१. युवासंग वडाध्यक्ष कार्यक्रम संचालन गरि युवा स्वरोजकार एवं खेलकुदको
बिकास बिस्तार गरिनेछ,
२. युवाहरुलाई सिप तथा दक्षताको आधारमा स्थानीय तहमा उद्यम गर्नका लागि
सहज वातावरणको निर्माण गरिनेछ,
३. युवाहरुलाई बिभिन्न तालिमहरु संचालन गरि रोजगारको अवसर प्रदान गरिनेछ,
४. खुल्ला ब्यायामशाला निर्माण गर्ने,
५. प्रतिभाशाली खेलाडीहरुलाई उच्च खेल प्रशिक्षणको व्यवस्था गरिनेछ,
पर्यटन/कला/संस्कृतितर्फ
१. ECO TOURISM को अवधारणा लागु गरि वडाभित्र उपयुक्त स्थानहरुमा होमस्टे,
पदमार्ग,तामाङ संग्राहलय ,मगर संग्राहलयको निर्माण गरिनेछ,
२. आन्तरिक तथा वाहय पर्यटकलाइ आकर्षित गर्ने पर्यटनको सम्भावना बोकेका
स्थानहरुको पहिचान गरि बिकास प्रवर्द्धन गरिनेछ,
३. म्हेंदोमाया,साइकोले ,म्हानेदोरा,चेमो (नाटक),कौरा,सोरठी, चुटका ,मारुनी नाच,
बोम्पो नाच जस्ता सांस्कृतिक कला र गीत संगीतलाइ जीवन्तता दिने र संरक्षण र
प्रवर्द्धन गरिने कार्यक्रमहरु आयोजना गरिनेछ,
विद्युतिकरणतर्फ
१. वडाभित्रका सडकहरुमा सडकबत्ति जडान गरि उज्यालो वडा धोषणा गरिनेछ,
२. विद्युत प्रशारण लाइन नपुगेका स्थानहरुमा बिद्युत लाइन बिस्तार गरिनेछ,
३. बिद्युत महशुल वडामै बुझाउने प्रबन्ध मिलाइनेछ,
४. सस्तो र सजिलोका लागि विद्युतीय चुलोको अबधारणा ल्याइनेछ,
अन्य/विविध
१. प्रत्येक टोलमा टोल बिकास समिति गठन गरि पूर्वाधार सरसफाई एवं फोहोरमैला
ब्यबस्थापन र सांस्कृतिक कार्यक्रम, जात्रा, मेलाहरुको टोल बिकास समिति मार्फत
ब्यवस्थापन गरिने,
२. अति बिपन्न परिवार,दलित,एवं एकल महिलाहरुको लागि जीविकोपार्जन कार्यक्रम
संचालन गरिने,
३. शार्बजनिक स्थलहरुमा Free Wi-fi बिस्तार एवं बिकास गरिने,
४. घरमै बसी आम्दानि गर्न सकिने लघु उद्यम कार्यक्रमहरु संचालन गरिने,
५. नमुना वडाको अबधारणा ल्याइनेछ.
यही बैशाख ३० गते हुन गईरहेको आसन्न स्थानीय तहको निर्वाचनमा रुख चिन्हमा मतदान गरि खनियाबास गाउँपालिका वडा नं ४ को वडा अध्यक्ष पदका उम्मेदवार श्री लिलामान तामाङलाई अत्याधिक मतले विजयी गराऔ ।
Leave A Comment