पिसहिल भुस्मे गाउँको म्युजिक भिडियो सार्वजनिक   लम्जुङ जिल्लाको मस्र्याङदी गाउँपालिका वडा नं ८ मा अवस्थित पर्यटकिय स्थल भुस्मे गाउँ को तामाङ होमस्टे र पिसहिल, शान्ती डाँडाको पर्यटन प्रवद्र्धनको लागि निर्माण गरिएको म्युजिक भिडियो सार्वजनिक भएको छ । रोशन फ्युवा तामाङको निर्देशनमा बनेको भिडियो सुन्दर सफा गाउँ भुस्मे र शान्ती डाँडामा अवस्थित पिसहिल रिसोर्टमा छायांकन गरिएको हो । एरिन तामाङ, युनिशा परियार, जित तामाङ, संजिता तामाङ, मालती तामाङ, सोनी तामाङ, ममिता तामाङ, छिरिङ तामाङ आदि कलाकारहरुलाई जस्सु गरुङले नृत्य निर्देशन तथा कोरियोग्राफ गरेका हुन । भुस्मे तामाङ होमस्टे र पिस हिल रिसोर्टले निर्माण गरेको यस भिडियोमा भुस्मे गाउँ, शान्ती डाँडा, हिमालका सुन्दर दृश्यहरु हेर्न सकिन्छ । सदरमुकाम बेशीशहर बाछ १५ किमी को दुरीमा अवस्थित तामाङ होम्स्टेमा त्यही उत्पादित अर्गानिक खानाको स्वाद लिन सकिन्छ । साथै बस्नको लागि सफा र ब्यवस्थित बेडहरु छन । तामाङहरुको न्यानो स्वागत र मायाले भुस्मे गाउँ जो कोहीलाई आफ्नै गाउँ झै लाग्दछ । भुस्मे गाउँदेखि १ घण्टाको पैदल यात्रा पछि बिभिन्न चराचुरुङ्गी, रुख बिरुवा, गुराँसका डाँडाहरु पार गरे पछि शान्ती डाँडा पुगिन्छ । शान्ती डाँडामा सुबिधा सम्पन्न पिसहिल रिसोर्ट निर्माण गरिएको छ । जहाँ स्वार्गको अनुभुती प्राप्त हुन्छ । बिश्व शान्तीको अग्रदुत गौतम बुद्धको ठूलो मुर्ती, सर्व धर्मको प्रतिकहरु, शान्तीका चिन्हहरु, माछापुछ्रे, अन्नपुर्ण र हर्क पिकको मनमोहक हिमालय श्रृङखलाहरु र तलतिर सदरमुकामको झिलीमिली बत्ति साच्चिकै शान्त ठाउँमा अवस्थित छ शान्ती डाँडा । केही दिन बस्न, बैठक तथा गोष्ठीहरु सञ्चालन गर्न, आन्तरिक तथा बाह्य पर्यटकको लागि पिसहिल राम्रो गन्तब्य हो । खाना र बस्नको राम्रो सुबिधा भएकोले दिनहु आन्तरिक तथा बाह्य पर्यटकहरुको ओहोर दोहोर चलिरहने सिसहिल रिसोर्टका सञ्चालक जित तामाङले बताउनु भयो । । लक्ष्मि तामाङ र बिशाल तामाङको सुमधुर आवाजमा सजिएको यस गीतलाई राज कुमार बगरले शब्द रचना र संगीत भरेका हुन । VIDEO