तामाङ कथानक चलचित्र टु पसिना को टिजर सार्वजनिक

तामाङ भाषाको मौलिक चलचित्र टु (पसिना) को टिजर सार्वजनिक भएको छ । पश्चिमेली तामाङ समुदायको परम्परागत पेशा तथा संस्कार संस्कृतीमा आधारित यस चलचित्रले पुर्खाको पसिनाको कथा बोकेको कुरा कथाकार सिंग ब. तामाङले जानकारी दिनुभयो । ल्हाप्साङकार्पो, श्ह्याल्गार, हिमालकी रानी, सेम्की ताम, श्हेङ आदि चलचित्रलाई निर्देशन गरेका निर्देशक रोशन फ्युबाको निर्देशनमा बनेको यस चलचित्र नुवाकोट, रसुवा, धादिङ र काठमाण्डौंको बिभिन्न स्थानहरुमा छायांकन गरिएको छ । चर्चित कलाकारहर रुपा एस घले, मर्नेन वाईबा, जोङ्बा कान्छा, सिङ्ग ब. तामाङ, प्रकाश वाईबा, सोनाम लामा, युजिला मोक्तान, बिगेन्द्र वाईबा, डोल्मा मनाङथेन, फुर्बा लामा, शिशिर थोकर आदि कलाकारहरुको अभिनय रहेको छ । नयाँ वर्षको अवसर पारेर प्रदर्शन गर्ने निर्माण पक्षले जानकारी दिएको छ ।

 

SONG

SONG