गोपाल फ्युबा तामाङ

नेपालको बाग्मती प्रदेश धादिङ जिल्ला अन्तर्गत पर्ने खनियाबास गाउँपालिका देशान्तर ८५ं०५’ देखि अक्षांश ८४ं९८’ सम्म फैलिएको छ । पछिल्लो राजनीतिक सहमतिसँगै साविकको झार्लाङ, दार्खा र सत्यदेवी गाविसलाई समाहित गरी खनियाबास गाउँपालिका नामकरण गरिएको हो । पालिकाको उत्तरमा रुवी भ्याली पश्चिममा गङ्गाजमुना, दक्षिणमा नेत्रावती गाउँपालिका र पूर्वमा नुवाकोट र रसुवा जिल्ला पर्दछ ।
यहाँको स्थानहरुको नाम, धर्म, संस्कार र सम्पदाहरुलाई विवेचना गर्दा यो पालिकामा धेरै वर्ष अघिदेखि मानव बस्ती रहेको अनुमान गर्न सकिन्छ ।
तामाङहरू बहुल रहेको यस गाउँपालिकामा अन्य जातिको पनि सहज बसोबास रहेको पाइन्छ । कुल २,९०२ घरधुरी रहेको यस गाउँपालिकामा १५२ घरधुरी मात्र गैरजनजाति छन् । बहुल जनजाति (९४.७६%) बसोबास गर्ने भएकाले प्रकृतिको पुजा गर्ने गर्दथे भन्ने प्रमाण बिभिन्न स्थानमा भएको न्यातास्हिप्ताका थानहरुले प्रष्ट पार्दछ । परम्परागत बोन धर्मावलम्बीको प्रभाव रहेको यस स्थानमा बिस्तारै अन्य धर्महरुको पनि प्रभाव बढ्दै गएको पाइन्छ । अहिले हिन्दु, बौद्ध, इसाइ र बहाई धर्मावलम्बी समेत रहेको छ । संस्कारगतरुपमा भने हिन्दु, बौद्ध र इसाइ बिधि अनुसरण गर्ने गर्दछन् ।
घरधुरी सर्बेक्षण २०७५ अनुसार यस गाउँपालिकाको कुल जनसंख्या १३,९२२ रहेको छ, यो जनसंख्या जनगनणा २०६८को साबिक तिन गा.बि.स.को जनसंख्याभन्दा १,१७१ ले बढी हो । सोही प्रतिवेदन अनुसार अति गरिब ५८२, गरिब ५९०, मध्यम ५६९, सम्पन्न ५८५ र अति सम्पन्न ५७६ घरधुरी रहेको पाइन्छ । कुल भौगोलिक क्षेत्रफल १२०.८ बर्ग कि.मि.(१०५१९.३३ हेक्टर) रहेको छ । यस गाउँपालिका जिल्ला सदरमुकामदेखि करिब ४१ कि.मि. दुरीमा रहेको छ । यो गाउँपालिकाको केन्द्र दार्खाबाट सेवा प्रवाह हुँदै आएको छ । प्रकृतिक स्रोत साधनले भरिपूर्ण यस गाउँपालिकाको अधिकांश भू भाग जंगलले ढाकेको छ । खेती गरिएको जमिन करिब ३३ प्रतिशत मात्र रहेको छ । जल, जमिन, जंगल, जटिबुटीको विकासको पर्याप्त सम्भावना रहेको छ ।

आर्थिक, सामाजिक, शैक्षिक र भौतिक पूर्वाधारको आधारमा यस गाउँपालिकाले अझै बिकासको द्रुततर गति लिइसकेको छैन । यसका लागि पर्याप्त बजेटको आवश्यकता रहेको छ । दिगो विकासका लागि दीर्घकालिन योजनाहरुको आवश्यकता पर्दछ । रोजगारी सिर्जनाका लागि पर्याप्त प्रयास गरिनु आवश्यक छ । कृषि, पशुपालन र पर्यटनको विकासले मात्र आन्तरिक आम्दानी बृद्धि गर्दछ ।
पर्यटनको विकासले मात्र रोजगारी प्रवर्धन र बाह्य मुद्रा आर्जन गर्न सकिन्छ । मिलनसार, बिनयी र दक्ष जनशक्ति उत्पादनमा पर्यटन उद्योगले सघाउ पुर्याउँदछ । शिक्षा, यातायात, उर्जा र सञ्चार क्षेत्रको पर्याप्त विकास भइसकेको छैन ।
यहाँ परम्परागत सीप र धार्मिक शिक्षा (छम, ङ्ह यु चुङ्प, ङा ल्हुङ लोप्प, व्हाइ लोप्प) ग्रहण तथा आदन प्रदान मानव सभ्यताको सुरुदेखि नै हुने गरिएको पाएतापनि औपचारिक विद्यालयीय शिक्षा भने खनियाबास विद्रोह पश्चात वि.स.२०१९ बाट मात्र शुरु भएको पाइन्छ । तर औपचारिक शिक्षाको नाममा स्थानीय विषय र भाषालाई अवहेलना गरेका कारण यहाँका धार्मिक, सांस्कृतिक र ऐतिहासिक मुर्त र अमुर्त सम्पदाहरु वेवारिसे बन्न पुगेका छन् । यसमा हामी खनियाबास गाउँपालिकाभरका केही महत्वपूर्ण मुर्त सम्पदाको बारेमा चर्चा गर्ने प्रयास गर्ने छौं ।

सिङल्ह

सिङ्ल्ह म्हानेइ मुक्पानङ रग्यु छनछन
(सिङ्ल्ह म्हानेको बादलभित्र भेडाबाख्रा चराउदा चराउदै),
सिङ्ल्ह म्हानेइ बुर्जरी तामार म्हेन्दो तर
(सिङ्ल्ह म्हानेको टाकुरोमा सेतो गुराँस फुल),
lkms”/L सिङ्ल्ह, मुप ङ्यङ्की गङ्सरी
(सिङ्ल्ह पङसङ छ हाम्रो भूमीमा),
डुब्ज्यु, सिङ्ल्ह, पेन्तिस्यारी टिपे म्हेन्दो त
(डुब्ज्यु, सिङ्ल्ह, पेन्तिस्यामा बस्ने मायालाई)

रोशन फ्युवा, मनोज लोप्चन र गोपाल फ्युवाले आफ्ना यी गीतहरूमा सिङ्ल्ह शब्द पारेका छन् । बिगत एक दशकको अवधिमा यसरी पटक पटकको रचनामा सिङ्ल्ह शब्द पर्नुले यसको महिमा उद्घाटन भएको छ । सिंल्हके बिकास गर्रन बिभन्न प्यास हरू गरेका छन्र । यस क्षेत्रका तामाङ लेखकहरूले आफ्ना पुस्तकहरूमा उल्लेख गर्न छुटाएका छैनन् । अनुसन्धानकर्ताहरूले पनि चर्चा गरिएको छ ।

सिङ्ल्हदेवी परापूर्वकालदेखि नै स्थानीय बासिन्दाहरुले धार्मिकस्थलको रुपमा श्रद्धा, आश्था भावकासाथ मान्दै आएका छन् । स्थापना गरी पूजा गरेको दिन गोने ङ्य परेकाले हरेक वर्ष सोही दिन श्रद्धालुहरु प्रार्थना गर्न सिङ्ल्ह पुग्ने गरेको पाइन्छ । यो ज्यादै नै सुन्दर एवं मनमोहक स्थल हो । यहाँबाट गणेश, लाम्टाङ, प्यााल्दोर, कंचनजंघा आदि हिमालहरुदेखि लिएर तराइका समथर मैदानी भाग अनि लेकाली फाँट र खर्कहरु देखिन्छन् । यसले मनेरमता थपिदिन्छ ।

“गाउँको देउतालाई नै ‘स्हिङ्ग ल’ भन्ने गर्दछन् । तामाङ बोन भाषामा ‘स्हिङ्ग’ शब्दले ‘गाउँ’ लाई जनाउने गर्दछ । त्यसैले ‘स्हिङ्गला ल’ भन्नाले गाउँलेले मान्ने गरेका वा गाउँमा स्थापित देउतालाई बुझ्नुपर्दछ । यिनीहरूका मान्यता अनुसार प्रत्येक गाउँहरूको निर्माणसँग–सँगै सो गाउँमा वmुनै न वmुनै शक्तिको प्रकट हुने गर्दछ । त्यसैले गाउँको सुरक्षा गर्नसक्ने हैसियत समेत राख्ने हुनाले गाउँ तथा समाजको सुरक्षार्थ त्यस्ता शक्तिको पूजाअर्चना गर्नुपर्दछ । गाउँको देउतालाई खुशी पार्न सकिएमा गाउँ दैवी प्रकोप, महामारी आदिबाट सुरक्षित हुने गर्दछ भने खेतीबाली, बस्तुभाउमा पनि राम्रो हुने गर्दछ । बोम्पो फलाक्दा सिङल्ह फो ज्यवासिङकि ल्हइ दामो उच्चारण गरिने हुँदा देवीको रुपमा पुजिने प्रष्ट हुन्छ ।

बोम्पो तिन दाज्युभाइ डक्पा, शेल्पा र शेपाले पवित्र तथा ऐतिहासिक देव ब्यक्तिको रुपमा सिङ्ल्ह ओकार भेट्न गएको भेटिन्छ । त्यसैले सिङ्ल्ह शब्द तामाङ खासगरी बोम्पो सम्प्रदाय मान्नेहरु माझ धेरै पहिलादेखि प्रचलनमा रहेका छन् ।

Shenlha Okar

“Shenlha Okar (Tibetan: Shen lha o Kar tsog shing ) surrounded by the field of accumulation for the performance of Refuge (Tib.: kya dro to shing ), according to the system of Shardza Tashi Gyaltsen (1859 -1933) – based on his own visionary experience. White in color, peaceful in appearance, he holds the two hands in the lap in the gesture of meditation. Adorned with a gold crown.”

सिङ्ल्ह एक महत्त्वपूर्ण स्थान हो । या धामीर्क, सांस्कितक, एतहासिक महत्वके रहेकाले यसका संरक्षाणा गिरनु अवश्यक छ ।

केही किम्बदन्तीहरु
धादिङ जिल्ला खनियावास गाउँपालिका वडा नं १ झार्लाङमा सिङ्ल्ह रहेको छ । टाकुरामा रहेको हुनाले उत्तरी खण्ड भने रुबीभ्याली गाउँपालिका पट्टि पर्दछ । सिङ्ल्ह तामाङ शब्द सिङ र ल्ह मिलेर बनेको हो, जसको अर्थ चेली र देव÷लेक हुन्छ ।

आफ्ना दुई छोरी हैजाको कारण मृत्यु भएपछि राजाले एकको नाममा मन्त्र खोपेको सोकसिङ गाडेर सिङ्ल्हमा कुङ्कर बनाए र अर्कीको नाममा त्यसैगरी नुवाकोट जिल्लाको फ्युकुरीमा अर्को कुङ्कर बनाए भन्ने किम्बदन्ती पाइन्छ ।

अर्को किम्बदन्ती अनुसार मङ्च्यतमा गोठ ल्याएको एक गोठालाको सपनामा चमत्कारपूर्ण परीले त्यस ठाउँमा भक्तिभाव तथा पूजा अर्चना गर्नु भनेकाले त्यहाँ कुङ्कर स्थापना गरिएको हो भनिन्छ ।

तासं भन्ने एक व्यक्तिले अपफ्रना दिदीबहिनीके सम्भनामा यहाँ म्हाने कुंकर बनाएके पिन कम्बदन्ति पाइन्छ ।

भने गुरू पद्मसम्भव प्राणी जगतके रक्षा गनर् अनेक ठाउँमा पुगी शान्ति स्थापना गरीसिंल्हबाट सूयर्के किरणसँग विलिन भइ उडेके भनाइ पिन रहेके छ ।

बोन धर्मको प्रभाव रहेको त्यस बेला बोम्पोहरूलाई सुख, शान्ति र समृद्धिको लागि पूजापाठ गर्न लगाए । त्यो साउनपूर्णिमा (गोनेङ्या)को दिन परेकोले त्यही बेलादेखि प्रत्यक वर्ष गोने ङ्याको बेला बोम्पो मेला लाग्ने गरेको अनुमान गर्न सकिन्छ ।

सिङल्हमा धादिङ, रसुवा र नुवाकोटका विभिन्न स्थानहरुदेखिको बोम्पोहरू चेलालाई वाङकुर दिन वा आफै थप शक्ति प्राप्त गर्ने उद्देश्यले प्रत्येक गोने ङ्यामा आउने गर्दछन् । तिब्बतसँग व्यापारको लागि युद्ध हुनु पूर्व त्यहाँका बोम्पोहरु समेत यहाँ आउने गरेको सुनिन आएको छ । र गोर्खाली राजाले जवर्जस्ती आफ्नो अधिनमा लिन लाग्दा गोर्खाली –ज्यार्दी) फौजलाई लखाटेका थिए । यस्तो गौरवपूर्ण इतिहास भएको क्षेत्र भएकाले र तिब्बतसँग सिमाना जोडिएका हुनाले तिब्बतका श्रद्धालुहरु समेत आउथे रे भन्ने कथनमा शंका गर्नु पर्ने देखिन्न ।
त्यसैले जुन आधार लिए पनि त्यो सुख, शान्ति र समृद्धिका मनोकांक्षा पूरा गर्न पूजापाठ गर्ने उद्देश्यले निर्मित एक पवित्र तिर्थस्थल हो । जसको महिमा स्थानीय तामाङहरुको आगमन र बोम्पो इतिहाससँग जोडिएको छ ।

दिक्षान्त र मेला
सिङ्ल्हमा नयाँ सिकारू भात्क्रीलाइर् दिक्षान्त गराइन्छ । अहिले सिङ्ल्हमा बोम्पो मेला मात्र नभएर युवायुवतीको भेला पनि हुने गर्दछ । युवतीहरूले मिठो मिठो खानेकुरा लगेर सबै बाँडीचुडी खान्छन् । स्वाँगे÷च्योन पर्नेलाई दिदीबहिनीले त्यही प्राप्त वस्तुहरूबाट माला बनाई लगाई दिन्छन् भने दाज्युभाइले गच्छे अनुसारको दक्षिणा दिने गर्दछन् । तिनीहरू गीत गाउने तथा नाच्ने गर्दछन् । बोम्पो कुङ्करमा प्रवेश गर्दा र बिदा गर्दा सोइ बोम्पो सोइ गरेर बुढाबुढी देखि बालबच्चासम्म उफ्रने गर्दछन् । जसले गर्दा मेला भर्न आउनुको रौनकता थपिन्छ, सबैमा उत्साह बढाइदिन्छ ।

केही वर्षदेखि म्हेन्दोमाया कलाकार संघले सिंल्हमा तामाङ गीत मौखिक प्रतिस्पर्धा गराइ मौलिक गीतको संरक्षण र अभिलेखिकरण समेत गर्ने प्रयास गरेका छन् । यस वर्ष ५ दिनसम्म करिव ५००० तीर्थयात्रीहरुले दर्शन गरेको स्थानीय बोम्पो छ्योयोङ तामाङले बताए ।

प्रकृति र सम्भावना
सिङ्ल्ह ज्यादै सुन्दर एवम् मनमोहक स्थानमा अवस्थित छ । यस वरपरका भूमि, डाडा, रुख लगायतका प्राकृतिक सम्पदाहरु सबै सिङ्ल्ह म्हाने तर्फ झुकिरहेको छ । अग्लो स्थानमा रहेकोले यहाँबाट बेंशीको समथर मैदानी भाग देखि हिमाली श्रृङखला, लेकको फाँट, चउर तथा खर्कहरू पनि देख्न सकिन्छ । प्राकृतिक मनोरम दृष्य, लेकको चिसो सिरेटोसँगै लागिरहेको हुस्सुमाझ चउरभर सल्बलाइरहेका रङ्गीचङगी फुलहरूको दृष्यले जो कसैलाई मोहनी नलगाइ छाड्दैन । चिसो र झरी सहेर पनि केही नभएको आभाष दिलाउँदछ । हिउँदमा हिउँफुलमा रमाउन, चिप्लेटी खेल्न, लालीगुराँसको अवलोकन गर्न पनि सकिन्छ ।

अनेक बहुमुल्य जटिबुटीहरू पनि पाइन्छ । यहाँ आक्कलझुक्कल वाह्य पर्यटकहरू पनि आएको देखिन्छ । गणेशहिमाल ट्रेकिङ मार्गमा पर्ने सेर्तुङको च्यतबाट तिन घण्टाको बाटोमा पर्ने भएकोले थकाइ मार्न सिङ्ल्हमा दुई दिनसम्म क्याम्प गरेर बसेको पनि पाइन्छ । यहाँबाट पर्यटकहरु सेर्तुङ, लापा, गौगाजमुना हुदै गोरखा तर्फ लाग्छन् वा तिप्लिङ, पाङसाङ, स्योम्दाङ हँुदै रसुवाको तामाङ हेरिटेज ट्रेल पकड्दै धुन्चे पुग्दछन् । अर्को पदमार्ग झार्लाङ गिलिङचो तातोपानी, दार्खा हुँदै धादिङवेशी तर्फ लाग्दछन् वा रुपचेत, फ्युकुरी, गोङगा हुँदै नुवाकोट तर्फको अनेक पदमार्गहरु पक्रन सक्दछन् ।

अहिले समर क्याम्प वा युवा भेला गर्न चैत्र वैशाखमा पनि छिटफुट जाने गरेको पाइन्छ । त्यसबेला हिउँ रहने हुनाले हिउँ खेल्न पनि पुग्ने गर्दछन् । वैशाख १ गते झार्लाङका स्थानीय मण्डलीहरु मिलेर प्रार्थना सभा आयोजना पनि गर्ने गरेको पाइन्छ । जंगली जनावर र चराचुरुङ्गीको अवलोकन पनि गर्न सकिन्छ । यो समुन्द्री सतहबाट करिव ४००० मिटरमा रहेको छ ।

प्रयासहरु
यसरी आन्तरिक र वाह्य पर्यटकलाई समेत आकर्षित तुल्याउन सक्ने सिङ्ल्हको संरक्षण, प्रचारप्रसार हुनु आवश्यक छ । यसको लागि स्थानिय वडा, गापा, जिसस तथा सरकारी, गैर सरकारी संघ संस्था र निकायको ध्यान आकृष्ट गराउनु जरुरी छ । स्थानीय ताम्बा, बोम्पो, लामा, राजनीतिज्ञ र बुद्धिजीविहरूको योगदान उल्लेख्य रहेको छ र रहिरहनेछन् । योजनाका खाकाहरू कोर्दा यस्ता कैयौ उपेक्षित तर महत्वपूर्ण स्थानहरुको बारेमा पनि गम्भीर हुनु जरुरी छ । सिङल्ह आसपासका क्षेत्रहरुमा बास बस्न क्याम्पहरु बनाउन, डोङकङ निर्माण गर्न, खानेपानीको स्रोत व्यवस्थापन गर्नुपर्ने देखिन्छ । पदयात्रा सहयोगी र स्रोत व्यक्तिहरुको नामवली समेत अभिलेखिकरण गर्नु पर्ने देखिन्छ ।
सिङ्ल्हको बारेमा विभिन्न पत्रपत्रिकामा लेखहरू प्रकाशित भएका छन् । खासगरी स्थानीय सञ्चार माध्यममा यसबारेमा चर्चा चलेको पाइन्छ । साहित्य सिर्जनाको क्रममा पनि सिङ्ल्हलाई समेटेको पाइन्छ ।

सिङ्रल्ह क्षेत्रलाइ पर्रयटकीय क्षेत्रके रूपमा बिकास गरी विदेशी मुद्रा समेत अजर्न गनर् सकिन्छ । एतिहासिक सम्पदाके संरक्षाणा पनि हुने र धनाजर्न पनि हुने कायर्मा सबैके हातेमाले हुनु जरूरी छ । सम्बन्धित स्थानीय तहहरू बढी सकृय हुनु पनेर् देखिन्छ ।

 

१. ऐतिहासिकता बोकेको म्हन्दङ
उहिले पृथ्वीको उत्पत्ति पश्चात ङ्हेमा कु दवा कु उत्पति भएको बेलामा सन्या दोन्याको समयमा क्रमशः मानव वस्ति बसाउने क्रममा लापा गिलीले, तिप्लिङ खोर्वाले, बरङ लरचेनले, जर्नङ नवरीले, किम्तङ टुन्टीले, स्हङ्गम छेवङले लिए । त्यसक्रममा गिलिङचो न्हुप्चे अखे ङ्अचे न्यापे कु ह्री सेर्की लुम्बु युई दुङ्मा (गिलिङचोबाट दक्षिणपट्टि पाचौं बराजुले स्थापना गरेको सुनको चउर कुह्रीगाउँ)मा म्हन्दङ निर्माण गर्न लगाए ।
म्हन्दङ शब्दको अर्थ तामाङ भाषाको म्हङ (भूत) र दङ (लखेट्नु) सँग सम्बन्धित छ । भुतप्रेतलाई पवित्र मन्त्रहरूलेखिएको शिलाहरुले घेरिएर बनाएको म्हाने पर्खाल भित्र बन्द गरिएको भन्ने कथन पनि पाइन्छ । यसलाई मान्ने हो भने म्हङ (भूत) न्हङ(भित्र) वा म्हङ(भुत) नेन(तह लाउनु) भन्ने हुन्छ । म्हङदङ, म्हङन्हङ वा म्हङनेन मध्ये कुनै एक शब्द अपभ्रंश भएर म्हन्दङ भएको हो ।
ल्हाप्साङकर्पो क्षेत्रमा प्रचलित म्हाने दोरा गीत गाउदा स्थान स्मरण गर्ने क्रममा म्हन्दङको नाम पनि पर्दछ । लामा, बोम्पो, लप्ताआपा, लम्बुले सह्रीग्रङ्पको बेला म्हन्दङ फलाकेकै हुन्छ । म्हन्दङलाई रुराल्ह (रुरादेव) भनेर स्मरण गरिन्छ । म्हन्दङमा भएका शिलामा उमेद, उछेन, रत्तजना लिपीको समेत प्रयोग भएको छ तर अधिकांशमा भने सम्भोटा लिपी भेटिएकाले सम्भोटा लिपि विकासकालमा यसको स्थापना भएको हुनसक्ने अनुमान छ । म्हन्दङसँग आमन्नेसामन्ने पर्ने गरी आपलस्योङमाथि ममखुङ ब्रा देवी रहेको छ । स्थानीयहरुका अनुसार म्हन्दङ फो र ममखुङब्रा मो भएको कथन छ । लिङ्ग समेत म्हन्दङमा पुरुष लिङ्ग र ममखुङब्रामा स्त्री लिङ्ग स्थापना गरिएका थिए । म्हानेहरू भएको त्यसमा टाढा अहिले सम्म आउनुले यसको ऐतिहासिकताको पुष्टि हुन्छ ।
म्हनदङमा वैशाख पुर्णिमा, भदौपूर्णिमा र फागुन पूर्णिमामा य्हुल्सङ गर्ने गरिन्छ । त्यस बेला टाढा टाढाबाट समेत बोम्पोहरूप्रार्थना तथा पूजा गर्न आउँदछन् । त्यस्तै कोही कसैको सातो बोलाउदा नआएमा, मानसिक असन्तुलन भएमा र कडा रोग लागेर थलिएमा म्हन्दङमा कुनै पनि बेला पनि आउँदछन् । बाहिरका वा स्थानिय जोसुकै त्यहाँ तीर्थ जाने भए पनि त्यहाँका स्थानिय लम्बुलाई जानकारी दिनु पर्दछ । लम्बुले विधि मुताविक त्यहाँ फोरो छर्कने, अण्डा राख्ने लगायतका कार्यहरूगर्दछ ।

विगतमा फलाम तगारोभन्दा माथिका बस्तिहरुको जनता सबैको सहर पस्ने मुख्य बाटोमा म्हन्दङ पर्दथ्यो । त्यहाँबाट ब्युर्चेत, पर, किम्ताङ, म्यगङ, दोलेप, छिन्चेत (त्रिशुली), थाप्लो, फेकनी, पाँचम्हाने हुदै याम्बु(काठमडौं) पुग्दथ्यो । तामाङ ऐतिहासिक गाउँहरुमा छिर्दा ग्युलम्हाने भएर छिर्दथ्यो । कुरी गाउँ छिर्ने स्थानमा ग्युलम्हाने थियो त्यसपछि लस्कारै करिव एकसय मिटर जति दुबैपट्टि भारी बिसाउन मिल्ने म्हाने पर्खाल र सानाठूला थुप्रै म्हानेहरूथिए । स्थानियहरुका अनुसार गेर्सगी (१०८) वटा भएको भनाइ छ । ठूला र महत्वपूर्ण भने तिनओटा म्हानेहरूथिए, जहाँ बोम्पोहरूपुजा पाठ गरिन्थ्यो । ममखुङ भिरसँग आमन्नेसामन्ने भएकोले म्हन्दङको एक म्हानेमा पुरुष लिङ्ग समेत रहेको थियो ।
अहिले म्हन्दङ चेपुवामा परेको छ । एक पटक तितरवितर भएका म्हन्दङका शिलालेखहरूकेही सङ्कलन गरि म्हाने पर्खाल निर्माण गरेका छन् । म्हन्दङ पूरानै अवस्थामा राखिनु पर्दछ भन्नेमा बेलाबेलामा तातो वहस हुने गर्दछ । शिलालेखहरूतितरवितर भएकोमा अहिले बिस्तारै एक एक गरी बटुल्ने प्रयास भइरहेको छ । तर व्यक्तिगत पहलमा हुने यस्ता संरक्षणका प्रयासहरुको अवलम्बन र निरन्तरता हुन सकिरहेको छैन ।
म्हन्दङ आफैमा कु ह्री गाउँ र आसपासका गाउँको धार्मिक आश्थाको केन्द्र हो । पहिचानको एक माध्यम हो । म्हन्दङबाट यस वरपरका लोप्चन र ग्रेम्बा थरको सभ्यता विकास भएको अनुमान गर्न सकिन्छ
म्हन्दङ आफैमा यस भेगको एउटा इतिहास बनेर उभिरहेको छ । यसको ऐतिहासिकता निमिट्यान्न पार्ने प्रयासहरूअसफल पार्न म्हन्दङ विकास समिति गठन गरि संस्थागत हिसावले संरक्षणमा जुट्नुको विकल्प छैन । तहगत सरकारहरु, सरकारी सम्बन्धित निकाय, पुरातत्व विभाग, गुम्बा विकास समिति, मालपोत कार्यलयसँग तामाङ जातिय संस्थाहरुले समन्वय गरिदिनु आवश्यक छ । खोज, अध्ययन गरी प्राप्त तथ्यहरुलाई सार्वजनिक गरेर युवापुस्तालाई म्हन्दङ प्रति माया, ममता र भरोशा जगाउनु पर्दछ ।

२. ल्याक्चे कुण्ड (ल्हक्चे रह)
कु ह्री गाउँमा रहेको ल्हक्चे रहलाई नेपाली भाषमा ल्याक्चे कुण्ड भनिन्छ । यो कुण्ड परापुर्वकालदेखि नै अस्तित्वमा रहेको भनाइ पाइन्छ । यसको माथि ल्हक्चे ग्यु रहेको छ । यहाँ बाह्रैमास पानी रहेको हुन्छ । पहिले यस पोखरीलाई सफा पार्न यानेकी झरेका पातहरू टिप्न एक जोडी जाबीको चरा रहेको किम्बदन्ती पाइन्छ । यहाँ बोम्पोले प्रार्थना गर्ने कुंकर पनि रहेको छ । बिहानी पख गणेशहिमालको छाया पोखरीमा देखिदा मनोरम देखिछ ।


३. बिजिलि युङ
फिस्टे चराले बर्सुन्चेतबाट सिंल्ह पुर्याउन ल्याएको ढुंगा नाम्लो छिनी त्यही भरेको र पछि उठाउन खोज्दा नसकी त्यही छोडेको भन्ने किम्बदन्ती रहेको यो य्हाब्रा तिन सुरको अनौठो प्रकारको रहेको छ । यसको टुप्पो चराको चुच्चो जस्तो छ । त्यो सिंल्ह तर्फ झुकेको पाइन्छ । फिस्टे चराले बोकेर ल्यएको भनिने यो तीन सुरे अचम्मको ढुंगामा पुग्न कुरी गाउँबाट ३० मिनेटको दूरीमा पर्दछ ।

४. कुह्री गङ (ज्यम्बल गोम्बो)
कु ह्री गाउँको पूर्वपट्टी गूम्बा रहेको छ । त्यस स्थानलाई कु ह्री गङ भनिन्छ । यहाँ ज्यम्बल गुम्बा रहेको छ । यसमा लामाहरू छममा बस्ने तथा पुजापाठ गर्ने गरिन्छ । यो सयौं वर्ष पुरानो गुम्बा रहेको छ । पूरानो गुम्बाहरुमा एक यो गुम्बा एक सयभन्दा बढी वर्ष अगाडि नै निर्माण गरिएको हो । यहाँबाट हिमाल, गाउँ र फाँटको सुन्दर दृष्यहरू ह्ेर्न सकिन्छ ।

५. कप्रंचे हिजो
तामाङहरुको स्ह्प्तिा रहेकये धारणा रहेको कप्रङचेमा फागु पूर्णिमामा मेला लाग्दछ । वली नचल्ने हुनाले शाकाहारी देवताको रुपमा मान्ने गरिन्छ । हरेक औसी पूर्णेमा दुध चढाउने प्रचलन रहेको छ । यो ब्युर्चेत गाउँबाट ३० मिनटको दूरीमा पर्दछ ।प्रत्यक तामाङ गाउँहरुमा न्याता र स्हिप्ता रहेको पाइन्छ । स्हिप्तालाई सृष्टिकर्ता र न्यातालाई पालनकर्ता भनिन्छ । त्यसैप्रकारले ब्युर्चेत गाउँको न्याताको रुपमा हिजो र स्हिप्ताको रुपमा कप्रंचे रहेको छ । न्यतामा बली चढ्छ भने स्हिप्तामा दुधमात्र चल्दछ ।

६. मोति गुफा
गोम्बोङजोङ दरवार क्षेत्रमा मोति गुफा रहेको छ । करीब ५०० मिटरको गुफाभित्र हाल प्रवेश गरिरहेको छ तर अझै गहिरो र लामो भएको अनुमान छ । गुफाभित्रको शिलामा लाइट बालेर हेर्दा मोतिजस्तो टल्किन्छ । यसैको आधारमा रोडा नेपालले आयोजना गरेको मिलन साहित्य अभियानमा संलग्न विज्ञहरुले मोति गुफा नामकरण गरिएको हो । गेम्बोंजो जोंङ क्षेत्रमा एक गुफा रहेको छ । त्यसलाई लोकतन्त्रको स्थापना सँगसँगै पत्ता लागेको हो । गोठालोमा आएका बालकहरू लुकामारी खेल्नेक्रममा हराए पछि खोजी गर्ने क्रममा यो गुफा भेटिएको हो । सुरखुङ भनिने यस गुफालाई घले गुफा भनियो । पछि मिलन साहित्य अभियानका श्रष्टाहरुले सामुहिकरुपमा छलफल गरी मोति गुफा नामकरण गरिएको हो । गुफाभित्र बत्ती बालेर हेर्दा टल्किएकाले मोति गुफा भनिएको हो ।

७. गोम्बोङजो जोङटाकुरे राज्यहरू भएको समय यहाँ पनि एक राजा रहेको किम्बदन्ती पाइन्छ । ती राजाको मुकाम आजकल भग्नावशेषको रुपमा रहेको छ । यहाँका किल्ला, ढिकी कुंकर आदि अवलोकन गर्न सकिन्छ । यही क्षेत्रमा त क्युप चेत पनि पर्दछ । यो तामाङ राजाको दरवार हो । यसको अन्तिम राजा यङमो ग्ले थिए । अहिले दरबारको भग्नावशेष, ढिकीको ओखल आदि हेर्न सकिन्छ । थुम्कोमा रहेकोले विभिन्न गाउँ तथा स्थानहरूहेर्न सकिन्छ । यो ऐतिहासिक स्थानमा जान पाटी गाउँबाट ४५ मिनेटको दूरीमा पर्दछ । यो वडा नं ५ सत्यदेवीमा पर्दछ ।

८. छमगङ
तामाङ हरूबौद्ध धर्ममा प्रवेश गरेपछि कर्मकाण्डको लागि लामा उत्पादन गर्नको लागि छम बस्नको लागि बिबिनन ठाउँहरुमा राखियो । यसरी लामाले दीक्षान्त गर्ने स्थानलाई छमग भनियो । त्यस्ता स्थानहरू तमाङ गाउँहरूमा पाइन्छ ।

९. मानधारा
खनियाबासमा रहेको मानधारा पानी खाने उद्धेश्यले बनाइएको थियो । एक बाल विधवीले आफुलाई प्राप्त गरगहना बेचेर कलात्मक रुपमा यो धारा निर्माण गरिएको थियो । यो धारा बिक्रम संवद १९४० ५० तिर निर्माण भएको अनुमान छ ।

१०. सत्यदेवी
सत्यको देवीको रुपमा सत्यदेवी स्थापना गरिएको पाइन्छ । यहाँ सत्यदेवी हिन्दु मन्दिर र सत्यदेवी बोम्बो कुंकरको रुपमा बिकास भएको पाइन्छ ।

११. सिचेत
सिचेत आकर्षक पोखरी रहेको स्थान हो । यहाँ गणेशहिमाललाई छायामा हेर्न सकिन्छ । आकर्षक भू बनोटले सबैलाई मोहित पार्दछ । दुईवटा पोखरीहरु रहेका छन् ।

१२. तिकासुङ
तिकासुङ अनौठो ढुंगा हो । यो ढुंगा छेपारोको मुख जस्तो देखिन्छ ।

१३. गिलिंजो
गिलिंचोमा पवित्र गुम्बा रहेको किम्बदन्ति पाइन्छ । ती राजा मात्र नभएर लामा पनि थिए । गिलिंचो १९२० मा दर्ता भएको प्रमाण छ । तर किम्बदन्तीको आधारमा झार्लाङ र यस क्षेत्रको आदि मानवले नै यहाँ गुम्बा स्थापना गरेर बसेका थिए । यसको ठिक मुनि गिलिंचो दहमा नाग रहेको भनिने अचम्मको दहमा असोज पुर्णेमा बोम्बोहरुले पुजापाठ गर्ने गर्दछन् ।

१४. फालम तगारोनेपाल एकिकरणभन्दा पहिले नै साना गाउँहरू अधिनमा लिने होड चलेको थियो । यसै क्रममा जर्नंङमा पनि केही लडाकु लिएर ज्यर्दी राजा आए । तर जर्नंङका मुखिया (राजा) ले उनको अधिन नस्विकारी लडाइ लडे । ज्यर्र्सेतमा भएको युद्धमा केही ज्यर्दीहरूपनि काटिए । त्यही कारण ज्यर्दी सेत नाम रहन गयो । त्यहाँबाट लखाटेर फालम तगारोमा पुगे । फालम भन्नाले गेट भन्ने बुझिन्छ ।
त्यहाँभन्दा माथि अब आइन्दा नआउने भनिएको एैतिहासिक स्थल हो । यहाँ ३ ढुङङगा खापेर, धुपिको किल्ला ठोकेर सम्झौता गरेका थिए ।

१५. यिलेप
तातोपानीलाई तामाङहरुले यिलेप भनिन्छ । बिभिन्न स्थानमा भएका तातोपानीमा झै यहाँ पनि औसी पुर्णेमा विशेष मेला लाग्ने गर्दछ । तातो पानीले नुहाएमा सर्दी, बाथ लगायतका दीर्घ रोग निको हुने विश्वास गरी टाढाटाढाबाट मानिसहरूआउदछन् । यहाँ कार्तिक र चैत्रको मंगलबार बढी घुइचो लाग्ने गर्दछ ।

१६. पहिरो
भmार्लाङमा ठूलो पहिरो चल्यो । जसलेकैयो मानिसहरू कञ्चनपूरसम्म पुनर्बासमा लानु परेको थियो । यसको समस्या समाधानार्थ राजा बिरेन्द्र पनि निरिक्षण भ्रमण्मन आइपुगेका थिए ।

१७. नाग गोरोम
नाग गोरोममा नाग रहेको विश्वास गरिन्छ । भोग्टेनी गाउँमा रहेको यो तीर्थस्थलमा माघे संक्रान्तिमा विशेष मेला लाग्ने गर्दछ ।

१८. देवीथान (सातकन्या)
देवीथानमा देवी रहेको विश्वास गरिन्छ । माझ गाउँमा रहेको यो तीर्थस्थलमा ठूलो एकादशीमा विशेष मेला लाग्ने गर्दछ । यहाँ जाग्राम बसी निराहार बत्ती बाल्ने गरिन्छ । यहाँ बोम्बोहरूकुङकरमा नाच्ने, फुल डोली ल्याउने, मन्दिरमा बत्ती बाल्ने कार्य हुन्छ । यहाँ हरेक जात जाति र धर्म सम्प्रदायको लागि खुल्ला रहन्छ । थानमा भने समय समयमा कुखुरा वा बोकाको बली चढाउने पनि गरिन्छ ।

२०. छेची कुंकर
छेची ल्हाप्साङकर्पो क्षेत्रका तामाङ समुदायमा प्रचलित एक ऐतिहासिक पर्व हो । कहिलेदेखि सुरू भयो भन्ने तिथि मिति यकिन गर्न नसके पनि उक्त क्षेत्रहरूमा तामाङ आगमनसँगै यो प्रचलन चलेको मान्न सकिन्छ किनभने सेर्तुङ, ब्युर्चेत, किम्ताङ, सङखम, बुङ्ताङ, अम्बातङ, बल्ची, गलङ, गोल्जोङ जस्ता पौराणिक तामाङ बस्तिहरूमा छेची मनाउने चलन भएको कुरा स्थानीय बृद्धाहरू बताउछन् र विभिन्न अनुसन्धानहरूले पनि देखाएको छ । छेचीको प्रचलन तिब्बतमा पनि रहेको कुरा लामा बिद्वान टि. ग्याल्चेन बताउनु हुन्छ । छेचीलाई गुरू रिम्र्पोचेको जन्म तिथिको रूपमा मनाउने गरेको भनाइ पाइन्छ किनभने गुरू रिम्र्पोचे अषाढ शुक्ल दशमी अर्थात् छेपचीको दिन जन्मेको भनिन्छ । तामाङहरूले माघ १ लाई नयाँ बर्ष मान्ने चलन थियो र अझै जनमानसमा प्रचलनमा छ । हाल आएर संस्थागत रूपमा सोनाम ल्होछारलाई मान्ने गरिएको छ । अतः माघे सङ्क्रान्ति र सोनाम ल्होछारलाई व्यवस्थित तरिकाले मनाउनु अगाडि छेचीलाई नै ल्होछारको रूपमा मानेको हुन सक्छ । किनभने तामाङ भाषामा छेचीको अर्थ उदाउनु अर्थात नयाँ दिनको सुरूवातलाई बुझाउँदछ । यो तिथि चन्द्रमासँग सम्बन्धित छ तामाङ भाषामा दावा छेची (चन्द्रमा उदायो), ङ्यामा सेर्ची हुन्छ । तसर्थ छेची पर्व मान्ने र त्यसमा स्थानीयहरूको भूमिका र सहभागीता हेर्दा यो आजको ल्होछार भन्दा व्यवस्थित र सर्वव्यापी सहभागीता मुलक देखिन्छ । छेची पर्व मनाउन प्रत्येक घरपरिवारबाट एक माना अन्न, एक माना सगुन, नुन तेल दाउरा आदि ल्याउँदछन् । छेचीमा सहयोगी रूपमा खट्नेहरूको घरमा उठाउँदैनन् । हाल धेरै जसोले नगद दिन सजिलो मान्ने हुँदा घरघर उठाउन जानु नपर्ने र डसङमै एक जनाले सहयोग जम्मा गर्ने गरेको पाइन्छ । यसको तयारीमा माघ कृष्णपक्ष औंसीदेखि तयारीको लागि सूचित गरिन्छ र माघ शुक्लपक्ष दशमीदेखि पूर्णिमासम्म (पाँच दिन) धुमधामले मनाउँछन् । यस पाँच दिनको अवधिमा प्रिप (गोरू नजोत्ने, मकै नभुट्ने, ढिकी जाँतो नचलाउने)को प्रचलन रहेको स्थानीय बृद्धहरू बताउछन् । यसो गर्नाले राम्रो आशिर्वाद प्राप्त हुने र गाँउघरमा सुखशान्ति हुने विश्वास गरिन्छ । छेची पर्व पछि पानी पर्ने, गाईभैंसी, भेडा गोठ लेकतिर लाने र खेतीपाती सुरू हुने हुँदा यसलाई पारिवारिक जमघटको अवसर मान्न सकिन्छ । यस पर्वको तामाङ संस्कृतिमा छुट्टै स्थान पाइन्छ । छेचीमा निभाउने विभिन्न प्रकृयाहरूबाट तामाङ समाजभित्र पाउने लोकतान्त्रिक समाज व्यवस्था र एकताको ज्वलन्त उदाहरणको रूपमा लिन सकिन्छ ।
छेची भनेको शुक्ल दशमी भन्ने अर्थ लाग्दछ । यसलाई सामान्यीकरण गर्दा ल्होछारको अर्थ लाग्छ । लेखक अजितमान तामाङका अनुसार छेस्युग (आशीर्वाद माग्ने), समाजशाष्त्री बाबुराम फ्युवाका अनुसार छेजी (उदय भयो), पूर्व शिक्षक तथा लामा सूर्यबहादुर तामाङका अनुसार छेक्षु (वर्षाको आशीर्वाद) , तामाङ लोकसाहित्यका अध्यता गोपाल फ्युवाका अनुसार छेच्यू दश आशीर्वाद भनि नामकरण गरिएको पाइन्छ । यसर्थ छेची÷छेजी÷छेस्युग÷छेक्षु÷छेच्यू जुन नाम पुकारे पनि तामाङ जातिमा प्रचलित मौलिक र परम्परागत ल्होछार हो भन्ने पुष्टि हुन्छ । छेची उत्सब मनाउन ब्युर्चेतको म्हनेगङमा एक कुङकर रहेको थियो ।

२१. कालीमाटी
बालीमा एउटा कुङकर रहेको छ । जहाँ नाग रहेको विश्वास गरिन्छ । सिम्ले गाउँमा रहेको यो तीर्थस्थलमा माघे संक्रान्तिमा विशेष मेला लाग्ने गर्दछ ।

२२. देवीखुङ
नाग गोरोममा नाग रहेको विश्वास गरिन्छ । धार्ना गाउँमा रहेको यो तीर्थस्थलमा माघे संक्रान्तिमा विशेष मेला लाग्ने गर्दछ ।

२३. सुत्केरी युङ्पा
सिंगाङ गाउँमा एक अचम्मको ढुङंगा रहेको छ । त्यसलाई सुत्केरीले आफ्नो व्यथा समन गराउनको लागि उठाएको किम्बदन्ती पाइन्छ । देवता थानहरुमा स्थापना गरिने आकारको यो ढुंगालाई स्थानीयहरु सुत्केरी युङ्पा भन्दछन् ।
२४.बोनडोङडोङ
कुनै समय पानी नपाएर मानव तथा जनावरहरूआकुलव्याकुल हुँदा ग्लेले दुई जना बोन्पोलाई पानी निकाल्न लगाइयो । बोन्पोले आफ्नो तन्त्र साधनाबाट बिना मुल पानी निकालियो त्यही स्थानलाई बोनडोङडोङ भनियो । अहिले हरेक हरिबोधनी एकादशीमा बोन्पोहरूप्रार्थनागर्न जाने गर्दछन् ।

२५.थङ्ब्रा
प्राकृतिक रुपमा अति आकर्षक र मनमोहक स्थानमा रहेको बोन तीर्थस्थलहरुमध्ये एक थङब्रामा भदौ पूर्णिमा र एकादशीमा मेला लाग्दछ ।

२६.मउर ब्रा
मउरमा एउटा भीर छ । त्यसबाट झरना पनि बग्दछ । त्यहाँ बोनको कुङकर पनि रहेको छ । त्यहाँ बोम्पोले समय समयमा पाठ गर्ने र मेला लाग्ने गर्दछ । त्यसलाई फङफङ ब्रा भनेर पनि भन्ने गर्दछ ।

२७. ज्योमो ग्युङ
ज्योमो दिदीबहिनी उज्वल भविष्यको खोजमा उत्तरतिरबाट आएका थिए । ती मध्ये अकस्मात एक जनाको मृत्यु भयो । त्यही मृत्यु भएको स्थानमा पानीको मुल फुट्यो । उनी दैवीय गुण युक्त भएकाले यस्तो भएको विश्वास गरी त्यही पुजा पाठ आरधना गर्न लागियो । यसैलाई ज्योमो ग्युङ भनिन्छ । यो गोम्बोङ गाउँको सिरानमा रहेको छ ।

२८. जोङजा दरबार
राजाका छोराहरको मिल्ती नभएकाले य्हंमोको भाइले अलग्गै स्थानमा दरबार बनाएका थिए भन्ने किम्बदन्ती पाइन्छ । त्यही किम्बदन्तीलाई पुष्टी गर्ने किसिमले दरबारको भग्नावशेषको रुपमा ङरचेतमा रहेको छ ।
२९. किम्ताङफेदी ठाटी
खनियाबास प्रवेश दार्खा गाबिस वडा नं १ अन्तर्गतको किम्ताङफेदीबाट गर्ने गरिन्छ । यही बाटो भएर सत्यदेवी, झार्लाङ, सेर्तुङ, लापा, ह्री र तिप्लिङका मानिसहरु सदरमुकाम आउने जाने मुख्य बाटो थियो । त्यसैले थकाइ मार्न, बास बस्नको लागि निर्माण गरिदिएका थिए किम्ताङफेदी पाटी । जसलाई मौलिक रुपमा निर्माण गरिएका थिए ।

३०. सिन्तुङ
नुवाकोट, धादिङ र रसुवा जिल्लाको संगमको टाकुरो सिन्तुङ किम्ताङफेदीदेखिको धारको माथिल्लो भाग हो । यहाँ पनि भदौ पूर्णिमामा मेला लाग्दछ ।
किपर म्हने, धाराग्युङ, तसिप लगायतका स्थानहरु समेत रहेका छन् । यी सबै स्थानको संरक्षण, संबर्धन, प्रचार गर्न सकेमा गाउँपालिकाको पर्यटन उद्योगमा थप उर्जा थप्न जानेछ । यसरी आन्तरिक र वाह्य पर्यटकलाई समेत आकर्षित तुल्याउन सक्ने सम्पदाहरुको संरक्षण, प्रचारप्रसार हुनु आवश्यक छ । यसको लागि स्थानिय वडा, गापा, जिबिस तथा सरकारी, गैर सरकारी संघ संस्था र निकायको ध्यान आकृष्ट गराउनु जरुरी छ । स्थानीय ताम्बा, बोम्पो, लामा, राजनीतिज्ञ र बुद्धिजीविहरूको योगदान उल्लेख्य रहेको छ र रहिरहनेछन् । योजनाका खाकाहरू कोर्दा यस्ता कैयौ उपेक्षित तर महत्वपूर्ण स्थानहरुको बारेमा पनि गम्भीर हुनु जरुरी छ ।
खनियाबास गाउ पालिकालाई पर्रयटकीय क्षेत्रको रूपमा बिकास गर्न सबैको हातेमाला हुनु जरूरी छ । यसमा सम्बन्धित स्थानीय तहहरू बढी सकृय हुनु पर्ने देखिन्छ ।

(लेखक फ्युवा तामाङ लोक साहित्यका अध्यता हुन् ।)