नुवाकोट
नुवाकोट साल्मेबाट काठमाडौ जादै गरेको प्रदेश -३-०१, ००६ ख १५४१ नम्बरको टिमुरे बस किस्पाङ गाँउपालिका वडा नम्बर ३ को किर्नी बगरमा दुर्घटना भएको छ । दुर्घटनामा परि ३०जना भन्दा बढी यात्रुहरु घाइते भएका छन् । गम्भिर घाइते मध्ये ५ जनालाई एम्बुलेन्स मार्फत काठमाडौ पठाएको र अत्ति गम्भिर ३ जनालाई हेलिकप्टर मार्फत काठमाडौ पठाउने तयारी भैरहेको किस्पाङ गाँउपालिका अध्यक्ष छत्र बहादुर लामाले जानकारी दिनु भयो । अध्यक्ष आफेै खटेर घाइतेहरुको उद्धार गरिरहेका छन् । सामन्य घाइतेहरुलाई जिल्लाकै विभिन्न अस्पतालहरुमा उपचारको लागि पठाइएको छ ।
गम्भिर घाइते मध्ये म्हेन्दोमाया गायक मनोज लोप्चन पनि रहेका छन् । गायक मनोज लोप्चनलाई एम्बुलेन्स मार्फत काठमाण्डौ पठाइएको छ । बस दुर्घटनाको कारण भने अहिले खुलेको छैन ।
Leave A Comment