काठमाडौं । कोरोना महामारीको सबैभन्दा बढी चपेटामा परेको चलचित्र हो सुदर्शन थापाको निर्माण तथा निर्देशनमा बनेको ‘म यस्तो गीत गाउँछु २’ । रिलिजका लागि प्रचार समेत सकेको समयमा यो चलचित्र पहिलो पटक पोष्टपोन्ड भयो ।

दोस्रो पटक चलचित्रको प्रचार मिति माघ १९ गतेलाई तोकिएको थियो । अर्थात्, यदि सबै कुरा ठीक भएको भए यो चलचित्र शुक्रबारबाट रिलिज हुने थियो ।चलचित्रको प्रदर्शन मिति बारम्बार पोष्टपोन्ड हुँदा यसको निर्माणपक्षलाई केही लाख घाटा त भइसकेको छ । तर चलचित्रको टिमले रिलिजका लागि समय पाउँदा त्यसको फाइदा पनि उठाइरहेको छ ।