काठमाण्डौ लगायत देशभर दैनिकजसो आयोजना हुने सुन्दरी प्रतियोगिता जितेर चलचित्र क्षेत्रको रंगिन दुनियाँमा प्रवेश गर्नेहरुको संख्या धेरै छ । प्रतियोगिता जितेर आएका केही सिमित कलाकारहरुले सफलता पाएका छन् भने धेरैले यो क्षेत्रमा आफ्नो अस्थित्व जमाउन सकेका छैनन् ।

यस्तैमा, चैत १५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘शुभ लभ’बाट मिस टिन अफ दि इयर २०१७’ विजेता क्रिष्टिन पौडेलले डेब्यु गर्दैछिन् । चलचित्रलाई लिएर क्रिष्टिन निकै आशावादी छिन् । उनी भन्छिन्–‘यो चलचित्रको कथाबस्तु निकै फरक छ । डबिङमा चलचित्र हेर्दा पनि म सन्तुष्ट छु । त्यसैले चलचित्र राम्रो हुने कुरामा आशावादी छु ।’

यहाँ प्रस्तुत बिषय बस्तु हरु डेमो को लागी प्रयोग गरिएको हो पछी हटाइने छ